कमल गाउँलेको २० औं गाइजात्रा “के के हुने हो?” सार्वजनिक



दाङ्ग / ०८ साउन।
हास्य कलाकार कमल गाउँलेले २० औं गाइजात्रा “के के हुने हो?” सार्वजनिक गर्नुभएको छ ।

गृह जिल्लामा दाङमा सुटिङ र इडिटिङ गरिएको गाइजात्राको दाङमै बिमोचन गरिएको हो ।

बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गाइजात्राको बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम सञ्चालन पत्रकार निमुसंगम घर्तीले गर्नुभएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्