कोरोनाबाट भारतको उत्तर प्रदेशका शिक्षा मन्त्रीको मृत्यु



काठमाडौं / १८ साउन ।
भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनऊस्थित पीजीआई अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कमलाको निधनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्। प्रदेशले एक समर्पित जननेत्री गुमाएको उनको भनाई छ।

कमलालाई १७ जुलाईमा कोरोना संक्रमण भएको थियो।

लखनऊ पीजीआईमा भर्ना गरेर उपचार भइरहेको थियो। आइतवार उनको निधन भयो। कमला वरुणको जन्म ३ मे १९५८ मा भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्