के दयालाई म्युजिक भिडियो नफापेकै हो त ?



सृजना शाह, काठमाडौँ / ०९ भदौ ।
नेपालका चर्चित नायकको रुपमा चिनिने एक नाम हो दयाहाङ राइ, उनको नामैले पनि दर्शक चलचित्र हेर्न हलसम्म पुगने गरेका छ।

दयाका आलोचक कम र प्रसंशक बढी देखिन्छन । उनलाई नेपालका एकदमै धेरै ब्यस्त नायक हुन् भन्दा फरक नपर्ला। उनका एकपछि अर्को चलचित्र हलमा रिलिज भैरहेका हुन्छन । उनको अभिनयको सधै जताततै तारीफनै भैरहेको हुन्छ ।

सरकारले लाकड़ाउन खुकुलो बनाएसंगै दयाले केहि म्युजिक भिडियोमा काम गरेका थिए तर उनले म्युजिक भिडियोबाट चलचित्रमा पाउने प्रसंशा भने पाउन सकेनन् । मिलन चाम्सले निर्देशन गरेको म्युजिक भिडियोमा उनले काम गरेका थिए ।

गितहरुले ठिकै भ्युज पाएतापनि दयाले भने उक्त गीतहरुबाट खासै तारिफ भने पाउन सकेनन । ‘त्यो तिमि हौ ‘ बोलको म्युजिक भिडियोमा दया र आँचलले अभिनय गरेका छन् । नत उक्त गीतले राम्रो भ्युजनै पाएको छ नत उक्त गीतबाट दयाले तारीफ नै पाउन सकेका छन् ।

चलचित्रमा राम्रो चर्चा कमाएका दयालाई सायद म्युजिक भिडियो नफापेको जस्तो छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्