पवनका पाँच मुक्तक(कम्युनिस्ट कि कमाउनिस्ट )



मुक्तक( १)
उत्पीडितहरुको खम्बा बन्दैनौ भने कम्युनिस्ट हौँ भन्छौ किन
न्याय दिन सक्दैनौं भने सर्बहारा बर्गको जरो खन्छौ किन
माक्र्स,लेनिनवाद के कुरा गर्छौ कम्युनिस्ट हौ कि कमा निस्ट
पुजीवादको अन्त्य सक्दैनौं भने समाजवादको कुरा गर्छौ किन

(२)
सरकार सरकार ! कति थपाउछौ कर माथी कर दिन प्रती दिन
उचित सदुपयोग हुन सक्दैन भने गरिबको खुन चुस्छौ किन
समृधि ,बिकास अनि नयाँ नेपालको कुरा गर्छौ पत्यार लाग्दैन
सरकार ! रेलका कुरा नगर आपसी मेल हुन सक्दैनौ किन

(३)
अपराधीलाई सजाय दिन सक्दैनौं भने कम्युनिस्ट भन्छौ किन
नसक्ने भए पानी जहाज , रेलका कुरा किन गर्छौ दिन प्रती दिन
थाकिसके तिम्रा जनता बिकास अनि समृधिका भाषण सुनेर
निर्मलालाई न्याय दिन सक्दैनौं भने कम्युनिस्ट भन्छौं किन

(४)अति भयो तिम्रो दमन कलम लाई बन्देज लागाउछौ किन
कम्युनिस्ट भएर पनि कम्युनिस्टहरुको मर्म बुज्दैनौ किन
बिद्द्वान ,बुद्धिजीवी, बिचार अनि सज्जन लाई जेल हालेर
हिंसा ,अशान्ति , अराजकता , दमन आफै मच्चाउछै किन

(५)सत्तरी करोड जसले पचायो उसैलाइ आफ्नो मान्छौ किन
भस्ट्चारी, दोषिलाई किन सक्दैनौं जन्म कहिद सजाय दिन
राजा फाल्यौ विभिन्न ब्यबस्था फाल्यौ संघियता ल्यायौ
यति गर्दा पनि सुखी अनि समृधि नेपाल ल्याउदौन किन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्