पहिलो दिन : पाँच अन्तरराष्ट्रिय उडानमार्फत ३४८ नेपाली स्वदेश फिर्ता

आज पनि चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदै


काठमाडौं / १८ भदौ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइड बडी ए ३३० जहाजले जापानको नारिताबाट २१५ नेपाली काठमाडौँ ल्याएको छ ।

निगमले नियमित उडानअन्तर्गत आज काठमाडौँ–नारिता गन्तव्यमा पहिलो उडान गरेको हो । हिजै मालिन्डो एयरले क्वालालम्पुरबाट १३३ यात्रु काठमाडौँ ल्याएको छ ।

कार्गो ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चोङकिङ उडेको छ । कतार एयरवेजले दोहाबाट नौ हजार ३४२ कार्गो नेपाल ल्याएको छ ।

आज पनि विभिन्न मुलुकबाट चार अन्तरराष्ट्रिय चार्टर्ड उडान हुँदैछन् । हिमालय एयरलायन्सले क्वालालम्पुर, दोहा र चोङकिङबाट चार्टर्ड उडान गर्दैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्