नमरेको याद



नमरेको याद✍️

उ कहाँ छ
कस्तो अबस्थामा छ
बर्षऔं भैसक्यो
बेखबर छ
उ सुतेको ओछ्यान
वलटाइ पल्टाइ हेर्छु
उ बसेको पिडि
उदास देख्छु
उ खेलेको आगन
रित्तो लाक्छ
उ हिडेको बाटो
अधुरो छ
जब बनमा न्याउली रुन्छ
उसको याद मन भरी छाउछ
झन झन बढेर आउछ
कता बोलाए जस्तो लाक्छ
कतै चलाए जस्तो लाक्छ
उसको याद मुटुमा सुलो बनेर जाग्छ
हो बेसरी सहनै नसक्नेगरी जाग्छ
हरपल हर समय याद अगि पछि लाग्छ
याद बिर्सिने प्रयास गर्दै
कहिले सैलुग सम्झिन्छु
कहिले सिस्ने जलजला
कहिले धौलागिरी
कहिले सहिद
कहिले घाइते
कहिले सहयोद्दा
झन झन याद गहिरेर आउछ
अह याद मर्दै मर्दैन
नमरेको यादनै मेरो मार्ग बनेछ
त्यो याद जिवित छर त म छु
मेरो याद मेरो मनबाट कैलै नभाग
म उसकै सपनिमा निदाउछु
उसकै विचारमा बाच्दछु
नमरेको याद मेरो आदर्श बनोस
सधै सधै मुटुभित्र साच्छु
उसकै बिचारमा बाच्छु ।✊✊
१७ भदौ २०७७

महान जनयुद्धका बेपत्ता योद्धामा समर्पित

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्