कविता सिन्डिकेट कतारमा



राज कुमार कार्की कविता सिन्डिकेट
सुनिदैछ यहाँ बजारमा किन हो लाग्दैछ सिन्डिकेट।
सम्झिनु एकपल्ट हुदैछ हामी सबको यमराज सग भेट।।
सिन्डिकेट नलगाउ फेरि हुदैछ तिम्रो इज्जतमा खोट।
तिम्रा मलामी घट्दैछ्न नलगाउ सबको मनमा चोट।।
सबको उस्तै हो लाइसेन्स सबको अधिकार बराबर।
मर्नुछ तिमीले एकपल्ट फेरि गल्ती नगर सरासर।।
केका लागि गर्दैछौ र घरैमा मन्दिर बनाएर पूजा।
पाप गर्दैछौ सिन्डिकेट लागाएर यति कुरा बुझ।।
बाबु आमाको धर्मले खाहाएका छौ हामीलेअहिले।
यस्तै गरे सन्तानलाइ सुख बुझ अब हुने छैन कैले।।
वैदेशिक रोजगारमा कहिलै सिन्डिकेट नलगाउने सोच।
होसियार होउ तिम्रा लागि मलामी नै जाने अबकोछ।।
सम्झ यसलाई मेरो लागि अर्ती बुद्धि दिएको ठान।
चन्दै उठाइ ल्याउछौ तिमीहरूलाई नपुगे लाउन खान।।
दुइ दिन कै त होनी जिन्दगी के छ र मरिलानु यहाँ ।
चल्दैन नेपालमा सिन्डिकेट भन्देउ कतारमा त्यहाँ।।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्