साउदी कतार र कुवेतबाट असोज १५ देखि नियमित उडान खुल्ला गर्ने



पिसिआरए जाँच सहज रुपमा हुने व्यवस्था नभएका मुलुक भन्दै यसअघि सरकारले नियमित उडान नखोलेका मुलुकहरु साउदी अरेविया, कतार र कवेतबाट नियमित उडान सुरु हुने भएको छ । साउदी अरवको रियाद, कतारको दोहा र कुवेतबाट नियमित उडान सुरु हुने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्वीट गर्दै अक्टोवरको उडान तालिका सार्वजनिक भएको र त्यसमा कतार, साउदी अरव र कुवेत पनि समेटिएको जनाएका छन् । नियमित उडान नहुँदा ति मुलुकहरुबाट यस अगाडी चार्टर्ड उडान मात्र हुँदै आएको छ । तर नियमित उडानको भाडादर निक्कै चर्को भएपछि पर्याप्त उडान सञ्चालन गर्नुपर्ने माग विभिन्न देशमा रहेका नेपाली राजदूत लगायतले उठाउँदै आएका छन् ।

नयाँ उडान तालिका अनुसार अव अक्टोवर देखि दैनिक सरदर १५ वटासम्म उडान हुनेछन् । कतारबाट नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सलाई नियमित उडानको अनुमति दिइएको छ भनें साउदी अरवको रियादबाट उडानका लागि हिमालय एयरलाइन्सले अनुमति पाएको छ । कुवेतबाट भनें कुवेतको जजिरा एयरले नियमित उडान गर्नेछ । यस अगाडी कुवेतबाट विभिन्न घर फिर्ति केन्द्रमा राखिएकाहरुलाई जजिरा एयर मार्फत नै स्वदेश फर्काइएको थियो भनें नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइट गरेका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्