देशको अर्थतन्त्र नै किन डुब्दैछ होसियार 



राज कुमार कार्की “बार्षिक साधारण सभा” दुई हजार सतहत्तर साल महिना असोज दिन सात । वैदेशिक रोजगारको बार्षिक साधारण सभाहो आज ।। सबै जना भेलाभै दु:ख सुख बाढने दिनहो सबैको आज। म आफू बै रो ब्यबसायी नै हु भन्न नमान्नु होस लाज। सत्ताईस नै बर्ष पुगेर आजै पो लागेछ अठ्ठाइस बर्ष। मान्नै पर्ने दिनहो हाम्रो आज खुसी अनि हर्ष ।।
भेला भएरै कित्ता काट नै गरि बझाउछौ ताली र गाली। जुहारी नै चल्दैछ किन हुन्छ ताली र गाली मात्रै खाली।। सरकार फेरि भन्दैछ अब त सबै कुरा खुले खुलाएउ। प्रमाणीकरण नै बन्दछ सब हामीलाई अब नभुल्याउ।। व्यावसायी भन्दछ्न कार्यालय संचालन गर्न भयो गार्हो । पचास लाख फिर्ता नदिए हामीलाई पर्नेछ सार्हो।। कहाँनेर छन मागपत्र कहाँ छ्न कामदार कहाँ छन राहदानी । सब कुरा थाहाछ सरकार बुझ नपचाउ जानीजानी ।। भन्छ सरकार रेमिटेन्स विना अब त देश नै चल्दैन । यस्तै चाल सधैं रहिरहने हो भने जनताको चुलो नै बल्दैन।। सरकार सबै खुले तर हामी कहिले सम्म लुकेर बस्ने । यस्तै चाल रहिरहने हो भने आउनेछ दिन सबैले खरानी घसने।। रोजगार दिनेहरु सबै नै आज किन भए बेरोजगार । देशको अर्थतन्त्र नै किन आज डुब्दैछ होसियार
Seen by Yadav Saighali at Tuesday 9:48am

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्