मिस्टर झोलेको बारेमा यस्तो बोले दयाहाङ



सैघाली खबर

अभिनेता दयाहाङ राईले आफूले केही फिल्म पैसाकै लागि खेलेको खुलासा गरेका छन् । ‘केही फिल्म पैसाकै लागि खेलेको छु,’ आफू अभिनीत २८ पुसमा प्रदर्शन हुन लागेको मिस्टर झोलेको प्रचारप्रसारमा खटिएका दयाहाङले भने, ‘कतिपय अवस्थामा आफूलाई खासै ठीक नलाग्दा पनि काम गर्नुपर्ने रहेछ । कहिलेकाहीँ सम्बन्धका कारण पनि नाइँ भन्न नसकिँदो रहेछ ।’

 

आफूले पैसाकै लागि अभिनय गरेका फिल्मको नाम भने उनले लिएनन् । ‘अरू जे भए पनि ‘मिस्टर झोले’ भने मलाई निकै मन परेको फिल्म हो,’ उनले भने, ‘कतिपयले मिस्टर झोलेलाई ‘झोले’को सिक्वेल त कतिले ‘कबड्डी ३’ भन्ने गरेको सुनेको छु । बिल्कुलै त्यस्तो होइन ।’ दयाहाङले मिस्टर झोले विशुद्ध नयाँ कथाको फिल्म भएको दाबी गरेका छन् ।

‘यो कुनैको सिक्वेल होइन । दर्शकलाई नझुक्किनुहुन अनुरोध छ ।’ उनले आफूलाई स्क्रिप्ट छान्न नजानेको आरोप लाग्ने गरेको समेत सुनाए । ‘मलाई मात्र होइन, अधिकांश कलाकारलाई यस्तो आरोप लाग्ने गर्दछ,’ उनले भने, ‘काम गर्दै जाने क्रममा कोही अति राम्रो हुन्छन् त कोही ठीकै अनि कोही कमजोर । मलाई सबै किसिमको अनुभव छ ।’

रामबाबु गुरुङको निर्देशनमा बनेको मिस्टर झोलेमा दयाहाङका साथमा दिया पुन, वर्षा राउत, बुद्धि तामाङ, पुष्कर गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतले अभिनय गरेका छन् । कमेडी जनराको फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास निर्माता टेकेन खड्काको छ । मिस्टर झोले टेकेन खड्का, रौनकविक्रम कडेल र रामबाबु गुरुङको संयुक्त निर्माणमा बनेको हो ।nayapatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्