जति संघर्ष गरेपनि सफलताबाट विमुख हुँदा निराश सुरविना कार्की



फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरबिना कार्की सुरुवाती दिनमा बोल्ड फोटोसुट र फिल्ममा हट दृश्य दिएर चर्चा कमाइन् । अहिले पनि उनको हट तस्विरहरुले बेला बखतमा सामाजिक सञ्जालमा तात्ने गरेका छन् । तर, फिल्मका कारण उनको चर्चा भने हुन सकेन। नेपाली फिल्म क्षेत्रमा सफलता खोज्ने कलाकारहरुको संख्यामा कुनै कमी छैन ।

लामो समय संघर्ष गर्दा पनि सफलताबाट विमुख हुँदा कति निराश भएका छन् भने कतिलाई पहिलो फिल्मले नै रातारात स्टार बनाएको छ । फिल्मले व्यावसायिक सफलता प्राप्त नगरेसम्म कलाकारको करिअरले गति लिन सक्दैनन् । एकाध कलाकार मात्र फिल्म असफल भए पनि अभिनयको दमले चलेका छन् ।

‘नाइके, सुश्री, लुकामारी’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइसकेकी उनी अहिले सफलताको ग्यारेन्टी गर्ने फिल्मको खोजीमा छिन् । राम्रो स्क्रिप्ट र आफूलाई सुहाउँदो भूमिकाबाट अफर नआएका कारण फिल्म नगरेको बताउने सुरविना अब हतारमा फिल्म गर्ने पक्षमा छैनन् । बुधवार आफ्नो जन्मदिन मनाउँदै गरेकी उनलाई चाँडै फिल्ममा सफलता मिलोस्, शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्