प्रेमीसँग माल्दिभ्समा रमाउदै तापसी पन्नु



नायिका तापसी पन्नुको केही दिनदेखि सामाजिक संजालमा हट तस्वीर सार्वजनिक भैरहेका छन् । माल्दिभ्समा आफ्नो परिवारको साथमा होलिडे मनाइरहेकी छिन् । तर, तापसीले सार्वजनिक गरेको एक भिडियोमा भने उनी प्रेमीसँग पनि देखिएकी छिन् ।

तापसीका प्रेमी मथियास बोए पनि उनीसँगै रहेको भिडियोबाट प्रष्ट हुन्छ । तापसी र मथियास केही समयदेखि प्रेममा छन् । तर, तापसीले प्रेमको बारेमा अहिले सम्म मिडियामा केही पनि बताएकी थिइनन् ।

माथियास डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन् । उनी भारतमा बस्दै आएका छन् । मथियास र तापसी केही समय अगाडि डिनर डेटमा देखिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्