दक्षिण कोरियाको कार निर्यातमा वृद्धि



सियोल । आर्थिक वर्षको तेस्रो त्रैमासिकमा दक्षिण कोरियाको कार निर्यातमा वृद्धि भएको त्यहाँको भन्सार कार्यालयले शुक्रबार जनाएको छ ।

कार निर्यातबाट जुलाई–सेप्टेम्बरमा कुल नौ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कारोबार भएको र यो अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ३.४ प्रतिशतको वृद्धि हो ।

तेस्रो त्रैमासिकमा सेडानको आयातमा ६.९ प्रतिशतले कमी आउँदा दुई अर्ब ७० करोड अमेरिकी डलरले कमी आएको पनि कार्यालयले बताएको छ । निर्यात रकम वृद्धिमा उच्च निर्यात मूल्यको योगदान रहेको बताइएको छ । चारपाङ्ग्रे सवारी साधनमा औसत निर्यात मूल्य प्रति एकाई १७ हजार ६२७ ले वृद्धि भई ८.२ प्रतिशत पुगेको उल्लेख छ ।

मूल्यको हिसाबले सेडानको निर्यात अमेरिका, क्यानडा तथा बेलायतमा दुई अङ्कमा विस्तार भएको तर रूस, साउदी अरब तथा स्पेनमा निर्यातमा दुई अङ्कले नै कमी आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्