तेह्रथुममा पुनः ९ जनामा कोरोना संक्रमण पुष्टि



इन्द्र नेपाली
२३कार्तिक, तेह्रथुम।म्याङलुङमा पछिल्लो पटक गरीएको स्वाब परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तेह्रथुमले कार्तिक २० गते कोरोना संक्रमितको कन्ट्रयाक ट्रेसिङमा रहेका ५९ जनाको स्वाब संकलन गरेर पठाएका मध्ये ४४ जनाको नेगेटिभ, ९ जनाको पोजेटिभ र छथर गाउँपालिकाका ८ सहित १४ जनाको रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य कार्यालय तेह्रथुमका सुचना अधिकारी तोयानाथ दाहालले जानकारी दिनुभयो । तेह्रथुममा हालसम्म ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जनाले कोरोनालाई जितेर स्वास्थ्य भएका छन । १६ जना सक्रिय संक्रमितहरु होम आईसोलेसनमा रहेर उपचार गराईरहेको जनाएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्