दाङलाई प्रादेशिक राजधानी तोक्न मागगर्दै विरोध प्रदर्शन फोटो फिचर सहित



 

 

सैघाली खबर
दाङ,३ माघ । दाङलाई प्रादेशिक राजधानी तोक्न मागगर्दै बिरोध प्रदर्शन गरिएको छ । दाङलाई ५ नं. प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै प्रादेशिक राजधानी सरोकार समिति दाङले अनिश्चितकालिन बन्द संगै विरोध प्रदर्शन गरिएको हो ।

बन्दको कारण बिहानैदेखि जनजीवन प्रभावित भएको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै ठप्प छन ।

जिल्लाका घोराही, तुलसीपुर, लमही, गढवा, भालुबाङ लगाएतका मुख्य बजार र सडकमा प्रदर्शन भैरहेको छ । बजारका मुख्य चोकमा नाराबाजी र जुलुसहरु निस्केका छन । चोकचोकमा टायर बालेर सडक अवरुद्ध गरिएको छ ।

प्रदेशको केन्द्र पर्ने, पर्याप्त भौतिक संरचना र सरकारी जग्गा भएका कारण दाङलाई नै अस्थाई मुकाम तोक्नुपर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताउँनुभयो ।राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्ताल जारी रहने भुसालले बताउनुभयो ।

 

सरकारले प्रदेशको अस्थायी राजधानी लुम्बीनी क्षेत्र तोक्न आफुहरु निरन्तर आन्दोलनमा जाने बताउँदै बाटोमै सुतेर भएपनि प्रदेशको राजधानी दाङ भन्दा अनेत्र जान नदिने वताउँनुभयो । सरकारमै भएका राजनितिक दलहरुले चल खेल खरेको बताउँदै व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि उनिहरु सक्रिय भएको संयोजक भुषालको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्