सबैभन्दा धेरै अर्बपतिहरु बस्ने सहर



बेइजिङ । चीनको राजधानी बेइजिङ संसारकै सबैभन्दा धेरै अर्बपतिहरु बस्ने सहर बनेको छ।

चर्चित फोर्ब्स म्यागजीनका अनुसार बेइजिङमा १ सय जना अर्बपतिहरु छन।

संसारका अन्य सहरमा यति धेरै अर्बपति छैनन्। यसअघि भने अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै अर्बपति थिए । हाल ९९ जना अर्बपति न्यूयोर्कमा मात्रै छन्। ७ वर्षदेखि नै अगाडि रहेको न्यूयोर्कलाई यस वर्ष बेइजिङले उछिनेको हो।

कोरोनाभाइरस नियन्त्रणमा सफलता, प्रविधि कम्पनीहरूको सफलता र स्टक बजारका कारण बेइजिङ न्यूयोर्कलाई पछाडि पार्न सफल भएको बताइन्छ।

चीनकै एउटा छिमेकी राष्ट्र भारतमा भने १४० जना अर्बपति रहेको तथ्यांक छ । अघिल्लो संस्करणको तुलनामा चीनमा यस पटक २१० अर्बपति थपिए । चीनमा जम्मा ६९८ जना अर्बपति छन्।

यस्तै अमेरिकामा ७२४ अर्बपति छन् । धेरै धनाढ्य बेइजिङमा भए पनि उनीहरुको सम्पत्तिको आकारमा भने न्यूयोर्कका धनाढ्य अगाडि छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्