प्रयोगमा नआउँदै भत्कियो कालोपत्रे सडक , ‘ठेकेदार भन्छ– सेट भएको छैन, सडक भन्छ –सेट हुन समय लाग्दैन’



गिरिराज नेपाली
दाङ, २२ माघ । घोराहीको रतनपुर चोक देखी सुदनछाँया चोक सम्म भर्खरै निर्माण सम्पन्न १ हजार १ सय ९० मिटर कालोपत्रे सडक प्रयोगमा नआउदै भत्किएको छ । पौष मसान्तमा निर्माण सम्पन्न भएको उक्त सडक विच– विच भागमा भत्किएकाले स्थानीयहरु ठूला सवारी आवागमनमा रोक लगाएको छ । भने सडक छेउमा मोटरसाईकल पार्किङ गर्दा समेत स्ट्यान्डले कालोपत्रे भत्काउने गर्दछ ।

स्थानीय पंकज आचार्यले भन्नुभयो– ‘ मोटर साइकल अड्याउदा पनि कालोपत्रे ब्वाक्क– ब्वाक्क उप्कीन्छ । ’ वा कालोपत्रे दब्छ । दुई महिना भएको कालोपत्रे सकिएको हलुवा सवारी साधन वाहेक अन्य ठूला सवारी सडकमा नहिडेको उहाँले बताउनुभयो । सडक देखिने बेला चिटिक्कै छ । चिल्लो राम्रो देखिन्छ, तर मोटरसाईकलको ‘ब्रेक’ लगाउदा पनि कालोपत्रे भत्किन्छ । देखिने बेलाको मात्रै चिल्लो सडकले के भयो ? जब प्रयोगमा नआउदै भत्किने थालेपछि भन्दै उहाँले ‘ ठेकेदार र सम्वन्धीत निकाय दुवैकाले लापरवाही रहेको बताउनुभयो ।

भत्केको सडक अझै भत्काउला भनेर हामीले मोटरसाइकल, टेम्पो, रिक्सा आवातजावत गर्न दिन्छौ । तर ठूला टिप्पर , ट्रक हिड्न लागे पनि हामीले उताको बाटो जानुस् भन्छम भन्दै स्थानीय मन्जु केसीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ कालोपत्रे सडक नाममा भयो । अरु बेकामको छ । ’ मोटरसाइकल रोक्दा कालोपत्रेको गिट्टी निस्कीन्छ । ’ कालोपत्रे सडकले धँुलो मारेको छ । तर दिने सुविधा दिन दिएको छैन । भत्कीने कालोपत्रे सडक बनाई के काम भयो र ? मोटरसाईकल अड्याउदाँ देखी रोक्दा सम्म सडक भक्तिन्छ जताततै खाल्टाखुल्टी छन ।

जिल्लाका ग्रामिण तथा भित्रि सडकहरुमा निर्माण सम्पन्न भइसकेका कालोपत्रे सडकहरुमा पछिल्लो समय यस्तो समस्या देखिदै गईरहेको छ । प्राविधिक पक्षको र निर्माण कम्पनीको लापरवाहीका कारण भर्खरै निर्माण सम्पन्न भएका कालोपत्रे सडकहरुमा यस्तो समस्या देखिएको पाईन्छ । तर निर्माण कम्पनी मौसमी र मजदुर लाई दोष देखाई पन्छिन भने सडक डिभिजनले निर्माण कम्पनीलाई दोष थुर्पादै आईरहेको छ ।

सडक डिभिजन कार्यालय दाङका सुचना अधिकार दुर्गा प्रसाद पौडेलले निर्माण कम्पनीको लापरवाहीका कारण कालोपत्रे सडक भत्किएको बताउनुभयो । निर्माण कम्पनी काम सक्ने हतारोमा हतार हतारमा कि प्राविधिक खरावी गरेको छ वा रोलिङ राम्रो संग भएको छैन । कि चिसो शितलहर चलेको बेलामा कालोपत्रे गरेको हुनुपर्छ । उहाँले भन्नुभयो– ‘प्राविधिक क्रुटी भन्दा पनि काम त्रुटी भएको हुनुपर्छ । जम्मा १ करोड, ४५ लाख, ६३ हजार , ९ सय ४४ रुपैयाँको लागतमा करिव २ महिना अघि नै निर्माण सम्पन्न भईरहेको उहाँले बताउनुभयो । प्रिमिक्स प्रविधिमा सडक कालोपत्रे गरिएकाले करिव महिना दिनमै कालोपत्रे सेट भईसक्ने ४५ ÷५० दिन वाट ठूला सवारीहरु चलाउन मिल्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सडक भत्किनुमा निर्माण कम्पनीकै लापरवाही छ । त्यसमा पुर्न मर्मत काम गराई ठेक्का सम्झौता पास र भुक्तानी दिनेछौ ।’ उहाँले निर्माण सम्पन्न भएको एक वर्ष सम्ममा सडक बिग्रीए भत्कीएमा निर्माण कम्पनीले ममर्त सम्भार गर्नेुपर्ने सहमति रहेकाले त्यसको जिम्मेवारी निर्माण कम्पनीले लिने बताउनुभयो ।

तर यता निर्माण कम्पनीले भने कालोपत्रे सेट नहुदै सडकमा ठूला सवारी साधन कुदेकाले सडम भत्किएको दावी गरेको छ । सडक निर्माणको जिम्मा लिएको पुन निर्माण सेवाका प्रतिनिधि रामप्रसाद पुनले नयाँ कालोपत्रे सडक सेट हुन ४÷५ महिना लाग्ने बताउनुभयो । उहाँले कालोपत्रे अझै सेट नभएकाले कालोपत्रे भत्किएको हो । भत्किएका ठाँउमा मर्मत गर्दै लैजाने पनि उहाँले बताउनुभयो । चिसो मौसमका कारणले पनि सडक भत्किएको हुन सक्ने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्