भर्खरै आयो दुखद खबरअस्पतालमा आफन्त मुर्छित बनेर लडे



भर्खरै आयो दुखद खबर ! बिमान दुर्घटनामा गम्भीर घाइते बनेकी नुवाकोटे चेली स्वेता थापाको निधन: यूएस बंगला एयरलायन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ जना नेपाली सहित ४९ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी बंगलादेशमा एमबीबीएस अध्ययन पूरा गरी घर फर्कदै गर्नुभएका नुवाकोटको विदुर नगरपालिका वडा नं. ८ का श्वेता थापाको मृत्यु भएको छ ।बिमान दुर्घटनामा परी थापाको घटनास्थलमा नै मृत्यु भएको हो । दिंबगत स्वेता ईन्जिनियर गजेन्द्र थापाको सुपुत्री हुनुहुन्छ।एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि दुई महिनाको घर विदामा उनी नेपाल आएकी हुन । उनी सहित अन्य ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको कलेजका प्रिन्सिपल अबेद होसेनलाई उद्धृत गर्दै ढाका ट्रिव्यूनले समाचार लेखेको छ ।मृत्यु हुने अन्यमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ र सरुना श्रेष्ठ रहेका छन् ।प्रिन्सी धामी र समिरा व्यन्जनकार घाइते भएका छन् । उनीहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा मृत्यु भएका ४९ मध्ये २२ जना नेपाली परेका छन् । सोही विमान दुर्घटनामा चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको पनि मृत्यु भएको छ ।डा. थापाले बंगलादेशको ढाकास्थित बंगबन्धु शेख मुजिव चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।परिवारले शव बुझ्दै:सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएको सबै ४९ जनको शब चिन्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने भएको छ ।४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर आफन्तलाई बुझाइने अस्पताल स्रोतले जनाएको छ ।बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ । आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन् । ४९ जनाकै शब अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको र डिएनए परीक्षण गरेर आफन्तलाई बुझाइने अस्पताल स्रोतले जनाएको छ ।बंगलादेशको ढाकाबाट आएको युएस बंगलाको विमान त्रिभुवन अन्तराष्ट्रिष्य विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो ।विमानमा चालक दलका ४ सदस्यसहित ७१ जना सवार रहेकोमा २२ जना घाइते भएका छन् । उनीहरुको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।यसैबीच त्रिवि शिक्षण अस्पतालमा मृतकका आफन्तको भीड लागेको छ । आफन्तहरु मृतकको शब बुझ्न अस्पतालमा पुगेका हुन्  भएको पुष्टी – अस्पतालमा आफन्त मुर्छित बनेर लडे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्