भोली रीलिज हुने शत्रुगते’ले काठमाडौंका हल हाउसफूल



सैघाली खबर,
काठमाडौ ८ चैत्र। प्रतिक्षित फिल्म ’शत्रु गते’ शुक्रबार रिलिज हुँदैछ । फिल्म रिलिज अगाडि नै मल्टिप्लेक्समा धमाधम टिकट बुकिङ भैरहेको छ । र्वजनिक गीत तथा ट्रेलरको कारण प्रतिक्षित बनेको फिल्मलाई हेर्न दर्शकले चासो देखाएका छन् । फिल्मले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । फिल्मले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो , बिग मुभिजमा ९ शो , एफक्युबमा ८ शो , सिने डी सेफमा १० शो , बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसँग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरि पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

फिल्म युनिटका कसले के भने 
हरिवंश आचार्य
फिल्मको बुकिङ खुलिसकेपछि दर्शकले देखाउनु भएको उत्साहले हर्षित छौँ । हामीले आफ्नो काम राम्रो गर्ने प्रयास गरेका छौँ र दर्शकको रुची अनुसारकै फिल्म बनाएका छौँ जस्तो लाग्छ ।

फिल्म शुक्रबार रिलिज हुदैछ । फिल्मलाई हामीले मनोरञ्जनको पूर्ण प्याकेज बनाउने कोसिस गरेका छौ । फिल्मले हसाउँछ , रुवाउँछ ।

किरण केसी 
बुकिङ राम्रो भएको छ, साथै हामीले हल संख्या पनि राम्रो पाएका छौँ । जसरी गीत संगीत र ट्रेलरलाई दर्शकले रुचाइदिनु भएको छ त्यसरी नै फिल्म पनि मन पराउनु हुन्छ भन्नेमा विश्वस्त छौँ । हामीले हाम्रो अनुभवले बनाएको फिल्मलाई दर्शकले रुचाउने किसिमले नै तयार पारेका छौ ।

प्रदीप भट्टराई 
मैले फिल्मलाई मदन दाइ हरि दाइको फ्यानसँगै दीपक दाइ , दीपा दी, प्रियंका , पल , आँचल सबैको फ्यानलाई हुने गरी बनाउने प्रयास गरेका छौँ । मैले स्टारडम भन्दा पनि क्यारेक्टर अनुसार फिल्ममा प्रस्तुत गरेको छु ।

कथा अरुभन्दा फरक होइन केवल प्रस्तुतिलाई रमाइलो बनाउने प्रयास गरेका छौ । फिल्म हेर्दा दर्शकको समय र पैसाको सदुपयोग हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्