अमेरिकामा शत्रु गतेको शो हुने पक्का



 

सैघाली खबर
चलचित्र ‘शत्रु गते’ अमेरिकाको टेक्सस ड्यालसमा ‘पचास पटक प्रदर्शन गरिने भएको छ । सम्भवतः बिदेशमा यति धेरै दिन सम्म चलाउन लागिएको यो चलचित्र पहिलो बन्न सक्ने संकेत देखिएको छ ।

दुई हप्तामा दुई वटा चलचित्र मन्दिर बाट ५० औँ पटक प्रदर्शन गरिने नेपाल ११ ईन्टरटेन्टमेन्टका संस्थापक प्याट्रिक सुबेदी जानकारी दिए । आगामी अप्रिल १– १५ तारिख सम्म चलचित्र ‘शत्रु गते’ प्रदर्शन गरिने छ ।

टेक्सस राज्यको ड्यालसको अर्बिंग र रिचार्डसन् स्थानमा ५० पटक प्रदर्शन गरिने हुँदा अमेरिकामा सबैलाई सुबिधा हुने समयमा चलचित्र हेर्न आउन समेत आयोजकले अनुरोध गरेका छन् ।

नेपाल ११ ईन्टरटेन्टमेन्टले ड्यालस मै कृ २१ पटक तथा मेरो हजुर–२ ३९ पटक प्रदर्शन गरेको छ । सुबेदीले त्यसपछि गाजाबाजा, नयाँ बर्ष शुभकामना तथा अन्य कार्यक्रमहरु गरिने बताए ।

प्रदीप भट्टराईको निर्देशन र महजोडीको प्रस्तुतिमा बनेको चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज, दीपाश्री, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल, शिवहरी पौड्याल लगायतको मुख्य भूमिका रहेको छ । नेपालमा चलचित्र गएको शुक्रबारबाट प्रदर्शन भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्