‘नाई नभन्नु ल ५’बाट को आउट



केही दिन अघि नायिका वर्षा सिवाकोटीले चलचित्र ‘नाई नभन्नु ल ५’ छोडेको भन्ने विभिन्न समाचारहरू सार्वजनिक भए । वर्षाले चलचित्र छोड्नुको कारण आफ्नो उमेरकी नायिका स्वस्तिमा खड्काको फुपू बन्ने अफर आएपछि छोडेको बताइएको थियो । यति बेला उक्त भूमिकामा अभिनेत्री केकी अधिकारी अनुबन्धित भइसकेकी छिन् । तर, पछिल्लो केही दिन यता मिडियामा वर्षाले ‘नाई नभन्नु ल ५’ छाेडेकाे नभइ निकालिएको खबर बाहिरिएको छ । चलचित्रबाट वर्षा बाल–कलाकार अनुभव रेग्मीको कारण बाहिरिएको बताइएको छ। खासमा चलचित्र ‘भैरे’को सेटमा वर्षाले अनुभवलाई  नराम्रो व्यवहार गरेको कारण अनुभव वर्षासँग रुष्ट भएकाे बताइएकाे छ । अनुभवले निर्देशक बिकासराज आचार्यलाई वर्षा भए आफू चलचित्र नगर्ने भनेपछि वर्षालाई चलचित्रबाट निकालिएको खबर बाहिरिएको छ । यसबारेमा नायिका सिवाकोटीसँग बुझ्दा उनी भन्छिन् ‘सबै हावा कुरा हो । मेरो बिकासराज आचार्य दाइसँग कुरा भएर सहमतिमा निस्किएको हो ।’ उनी थप्छिन् ‘मेरो नाम बदनाम गर्न यस्तो कुराहरू आइरहेको हो । यदि परेका खण्डमा मेरे’ टिम र ‘नाई नभन्नु ल ५’ टिम बसेर हामी कुरा गर्न सक्छौ । ’ वर्षा सुहाउदो भूमिका नभएको कारण नै चलचित्र छाडेको दाबी गर्छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्