भैरे’को नयाँ गीत ‘सनम माया लाको’ सार्वजनिक



काठमाण्डौ। २०७५ को जेठ १८ गतेलाई रिलिज तय गरिएको चलचित्र ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मङ्गलवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम माया ला’को’ गीत सार्वजनिक गर्‍यो ।

एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले सङ्गीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनी भन्छन्, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’

यस्तै, अभिनेत्री सुरक्षाले ‘सनम माया ला’को’ गीतमा दयाहाङ भन्दा आफूले धेरै टेक खाएको अनुभव सुनाइन् । उनी भन्छिन्, ‘दया दाइसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ । यसैले पनि हुनुसक्छ नाच्दा खेरि म नभर्स पनि भएँ ।

उनी थप्छिन्, ‘दया दाइलाई नाच्न आउँदैन भन्ने कुरा सबै गलत हो । मलाई बरु नाच्न गाह्रो भयो । दयाजीले राम्रो नाच्नुहुन्छ । उहाँ परफेक्ट हुनु भइसक्यो ।’ उनले यसो भन्दै गर्दा दयाले हाँसो रोक्न सकेनन्

एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका हुन्

करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् । नेपालय सिनेमा इन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् ।

सूर्य थोकरको द्वन्द्व रहेको यस चलचित्रमा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, दयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्