गायक कँडेलको ‘हल्ला फिजायो’ सार्वजनिक



सैघाली खबर,
काठमाडौं १४ चैत्र। पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका युवा गायक तथा संगीतकार मिलन कँडेलले आफ्नो नयाँ लोक पप गीत साङ्गितिक बजारमा ल्याएका छन् । ‘हल्ला फिजायो’ बोलको सो गीत र भिडियोलाई बुढा सुब्बा म्यूजिकले युट्यूबमार्फत सार्वजनिक गरेको हो ।
यसअघि ‘सररर हावा चल्यो’ बोलको आधुनिक गीत बाट चर्चा कमाएका गायक कँडेलले करिब एक दर्जन गीतहरुमा स्वर तथा संगीत भरिसकेका छन् । अहिलेसम्म कँडेलकै स्वर, संगीत र शब्दमा आधुनिक, पप तथा सेलोलगायतका एक दर्जन गीतहरु बजारमा आइसकेका छन् । हल्ला फिजायोको भिडियोमा मोडेलद्घय नयन सिंह र रिना गिरीको अभिनय र भने केदार धितालको निर्देशन रहेको छ । उत्सव दाहालको छायाङ्कन रहेको सो गीतको शब्द, संगीत र स्वर कँडेलको रहेको छ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका गजेहडामा पिता अर्जुन कँडेल र माता भगवती कँडेलको कोखबाट जन्मेका युवा गायक कँडेल सानैदेखि प्रतिभाशाली व्यक्तित्वका रुपमा परिचित छन् । सानै उमेरदेखि जिल्लास्तरीय सांगितिक कार्यक्रममा भाग लिने गरेका गायक कँडेलले विभिन्न प्रतियोगिताबाट थुप्रै पुरस्कार पनि जित्न सफल भएका छन् ।
विभिन्न कार्यक्रममा स्यावासीका साथै धेरै रुचाइएका उनी कलेजमा पनि आफ्नो प्रतिभा प्रष्फुटित गरिसकेका छन् । भविष्यमा सांगितिक क्षेत्रमा आफुलाई स्थापित गर्दै अगाडि बढ्ने योजना बनाएका गायक कँडेल नेपाली सांगितिक क्षेत्रमा धेरै चुनौति, सम्भावना र अवसर भएको बताउँछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्