के गर्दैछिन रेखा आजभोली ? यस्तो छ उनको फेसबुक प्रोफाइल



छोरी बन्ने तालिम र सामाजिक नियम: तालिम शब्द सैन्य वा औध्योगिक सिप सिकाउने क्षेत्र बाट आएको भएपनी प्रयोग ब्यापक छ। जन्मिदा मानव जन्मेपनी छोरी लाई परिवार, समाज, र सन्स्कार आदिले खास किसिमको भूमिका निर्बाह गर्ने तालिम दियिरहेको हुन्छ । उठने बस्ने, बोल्ने देखी सोच्ने तरिका सम्मको निर्धारित कलामा एउटा छोरी प्रशिक्षित गरिन्छिन ।

छोरीलाई दियिने यो तालिमको उद्देश्य हुन्छ उनलाई महिला हुन लायक बनाउनु । त्यस्तो महिला बनाउनु जस्तो उनकी आमाको पु स्ता छ वा शास्त्र र समाज को कथनमा मेल खाओस । छोरी निडर, बिद्रोही, प्रतिबाद गर्ने पात्रको रुपमा स्विकारीन्नन किनकी यो आदर्श ढाचा होइन । छोरी बनाउने तालिमले छोरी जन्मिदा लिएर आएको मानव पन माथि सामाजिक रङ लेपन गरिन्छ । उनी आफु र आफ्नो स्वभाविक अस्तित्व मारेर मात्रा महिला बन्न वाध्य हुन्छिन । आज पनि यो तालिम जारी छ ।

छोरी वा महिला बन्ने तालिमको आदर्श समाज बाट लियिन्छ । समाज एउटा अलिखित नियम हो । समाज एउटा कानुन बन्दछ । हरेक ब्यक्ती भित्र रहेको मान्यताले वा अपेक्षा ले नजानिदो प्रकारले प्रभाव दिने क्रम जारी छ। आज महिलाको जीवन पूर्ण स्वतन्त्रता र समानतामा ल्याइ पुर्याउन स्समाजका नियम बाधक हुन्छन । जसरी दलित बनाइन्छन, जसरी गरीब र अभागि बनाइन्छन मान्छे ।

यो त्यस्तो प्रकृया हो जहाँ दन्डित गर्ने पिडक भेटिदैन तर सोच र मान्यताको रुपमा अनबरत चली राख्छ सामाजिक निर्देश बनेर । आगामी दिनमा छोरीको निम्ती अनुकुल समाज बनाउन यिनै तालिम र नियम फेरिनु पर्नेछ चाहे जती सुकै जटिल किन नहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्