को हुन त यी सलमानको प्रेमिका बन्दैछिन्



सैघाली खबर,
– सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।

सलमानको जति चर्चा चुलिएको छ त्यतिनै चर्चा उनी अभिनित फिल्महरुको पनि हुने गर्छ । अहिले फिल्म ‘रेस ३’ र ‘भारत’ मा काम गरिरहेका सलमानको अर्को फिल्म ‘दबंग ३’को पनि त्यति नै चर्चा छ । यस फिल्ममा टेलिभिजनकी ‘नागिन’ मौनी रोयको पनि विशेष भूमिका रहनेछ । मौनी रोय ‘दबंग –३’ मा सलमानका साथ उनकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।

यस अघिको फिल्ममा झैँ सलमानलाई चुलबुल पाण्डेको रुपमा प्रस्तुत गरिने भएकाले यस अघिकै कहानीसँग जोडेर फिल्म निर्माण गरिने छ । तसर्थ फिल्ममा मौनी रोयको भूमिका छोटो समयको लागि मात्रै हुनेछ । मौनी चलचित्रमा झण्डै २० मिनेट मात्रैका लागि देखिनेछिन् । अरबाज खानद्वारा निर्माण गरिने यस फिल्मको काम जुन महिनादेखि सुरु गरिनेछ ।

टेलिभिजनकी अभिनेत्री मौनी रोय अक्षय कुमारको फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म ‘गोल्ड’ यो वर्षको अगष्टमा प्रदर्शन हुनेछ । साथै आलिया भट्ट र रणवीर कपूर अभिनित फिल्म ‘ब्रम्हस्त्र’ मा पनि मौनी रोयको अभिनय रहनेछ । निर्देशक अयान मुखर्जीद्धारा निर्देशित यस फिल्ममा मौनी नकारात्मक भूमिकामा देखा पर्नेछिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्