हुने भयो दक्षिण र उत्तरकोरियाबीच वार्ता, क्षेप्यास्त्र र आणबिक परिक्षण स्थगित ८ बैशाख



काठमाडौ/ उत्तर कोरियाले दक्षिण कोरियासित वार्ता चल्दैगर्दा आणविक र अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण तत्काल नगर्ने भएको छ । नेता किम जोङ उनले यस्तो बताएका हुन् । दक्षिणका राष्ट्रपति मुन जे इनसँग वार्ता हुनुको एक हप्ता अगाडी उत्तरका नेता किमले आफ्ना आणविक परीक्षण स्थगित गर्ने घोषणा गरेको बताइएको छ ।

कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ “आज अर्थात अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ”। सरकारी सञ्चार माध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ ।
नेता उन र दक्षिण कोरियाली राष्ट्रपति इनबीच आँउने हप्ता वार्ता हुँदैछ । लामो समयदेखि बन्द गरिएको दुई देशका शिर्ष नेताहरुबीचको हटलाइन पनि सुचारु भएको छ ।

क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने किमको घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, यो विश्वकैलागि एकदम सुखद खबर र ठूलो प्रगति” हो । यसअघि बिहीवार ट्रम्पले उत्तर कोरिया “निशस्त्रिकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुने” बताएका थिए । त्यसैगरी बिहीवार दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरिया “पूर्ण रूपमा निशस्त्रिकरणलागि तयार रहेको” बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्