टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण



सैघाली खबर,
बैशाख ९ । टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।

टाइम म्यागेजिको प्रभावशाली व्यक्तिको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि परेकी छिन् । दीपिका एक मात्र अभिनेत्री हुन जसले यस वर्षको सूचीमा आफूलाई समावेश गरेकी छिन । यस वर्षमा झेलेको समस्याका बावजुद दीपिका पादुकोणले सफलताको उचाई चढेकी छिन् ।

 

दीपिकाको फिल्म ‘पद्यावत’ले छाँयाकंनदेखि प्रदर्शनको समयसम्म जति विवादको सामना गर्नु प¥यो । त्यस फिल्मले बक्स अफिसमा बलिउडका अन्य फिल्मको किर्तिमान तोड्दै सर्वाधिक व्यापार गर्‍यो । यस अघि सन् २०१७ मा दीपिकाले हलिउडमा समेत डेब्यू गरेकी थिइन । उनले फिल्म ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर केज’ मा भिन डिजेलका साथ डेब्यू गरेकी थिइन ।

टाइम म्यागेजिनमा दीपिकाको बारेमा भिन डिजेलले लेखेका छन, ‘जब दीपिका त्यो फिल्मको लागि आएकी थिइन, त्यसबेला वरपरको कोही विशेष व्यक्तिको उपस्थिति भएको झैँ लागेको थियो । जब उनी भित्र प्रवेश गरिन्, त्यस बेला एक विशेष खालको उर्जा, एक किसिमको केमिस्ट्रि देखेको थिएँ ।

कुनै बेला गरिएको विशेष बाचा पूरा भएको जस्तै महशुस भएको थियो । त्यस बेला दीपिकाको तालिका त्यस फिल्मसँग मिलिरहेको थिएन तर पनि उनले हिम्मत हारिनन् । जब उनलाई ‘ट्रिपल एक्सः रिटर्न अफ जेण्डर’ का लागि चुनियो, उनले भनेकी थिइन ‘मेरो यो फिल्म गर्नु भन्दा अगाडि एउडा शर्त छ, त्यो तपाईँले पूरा गर्नुपर्छ । शर्त यो हो की पहिले तपाईँले भारत आउनु पर्नेछ । किनकी मैले फिल्म गर्नु भन्दा अगाडि भगवानलाई धन्यवाद दिन आउने बाचा गरेकी थिएँ ।

दीपिकाका साथै टायम्स म्यागाजेनको सूचीमा भारतीय क्रिकेटका कप्तान विराट कोहलीको पनि नाम समावेश रहेकको छ । टाइम म्यागेजिनमा ‘द टाइम १००’ मा संसारभरका सबैभन्दा प्रभावशाली व्यक्तिहरुलाई समावेश गरिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्