स्टार समिक्षा पौडेलको “तिमि दामि देखिन्छौ” सार्वजनिक



बृश्चिक “आजाद”
दाङ असार ९
दङ्गाली स्टार समिक्षा पौडेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । समकालिन कालकलाकारहरुमा अब्ब्ल समिक्षाले नृत्य कोरीयोग्राफर जीवन बुढाथोकि उर्फ जेभि संग अनस्क्रिन रोमान्स सहितको भिडियो सार्वजनिक भएको हो । “तिमि दामि देखिन्छौ” बोलको गितमा अभिनय गरेकि समिक्षाको अभिनय साँच्चिकै दामि रहेको छ ।

कठमाण्डौमा सुटिङ्ग गरिएको उक्त म्युजिक भिडियो आसिस म्युजिक प्रा।लिले बजार प्रबद्र्धन गरेको छ । मेलिना राई र दङ्गाली चर्चित गायक गोबिन्द मधुर आचार्यको श्वररहेको “तिमि दामि देखिन्छौ” बोलको गितमा लिरिक सरोज के।सीको रहेको छ भने म्युजिक गोबिन्द मधुर आचार्यकै रहेको छ । डान्स बिट सहित पप लिरिकल डान्स फर्ममा समिक्षा र जेभिको जोडि परफेक्ट देखिन्छ । दाङमा आयोजना हुने हरेक इभेन्टहरुको मुख्य आकर्षणको केन्द्रबिन्दुहुने समिक्षा पौडेल सानै उमेरमा स्टेज तताउन माहिर मानिन्छिन् ।

जनज्योति बिद्या मन्दिर मा कक्षा ९ मा अध्ययनरत १५ बर्षीया पौडेल बिद्यालयमा अति लगनसिल र अनुसासित बिद्यार्थीभएको उनका सहपाठिहरु बताउछन् । पिता एकराज पौडेल र माता देवका पौडेलको कोखबाट जन्मिएकि समिक्षा डान्स गर्नकै लागि जन्मििएको उनका गुरु जेभि बताउछन् । उनको लोभलाग्दो हाउभाउ,नृत्य मुद्रा,लचकता देखेर दर्शकहरु मन्त्रमुग्ध हुन्छन् । कुनैपनि कार्यक्रममा समिक्षाको उपस्थिति बिना खल्लो लाग्ने डि टेन इन्टरटेन्मेन्टका निर्देशक दिपक वलि बताउछन् ।

दाङको भविस्यको रुपमा लिईएकि पौडेलको कला कदको अगाडि अन्य समकालिन बालकलाकारहरु फुच्चे देखिन्छन् ।भविष्यमा एक कुसल,सफल मोडल तथा डान्स कोरीयोग्राफर बन्ने सपना सहित कला क्षेत्रमा प्रबेस गरेकि पौडेल भर्सटाईल कलाकार बन्ने इच्छा राख्छिन । यू ट्यूबमा भिडियो सार्वजनिक भएलगत्तै भाईरल बनेको छ । उनको भिडियो सार्वजनिक भएपछि उनलाई अफरहरु समेत आउन सुरुगरेको आमा देवका पौडेल बताउनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्