प्रियंका भर्सेस प्रियंका, कस्तो होला कोहलपुर एक्सप्रेस



सैघाली खबर,
काठमाडौं१४ बैशाख । शुक्रबारदेखि सिनेमा कोहलपुर एक्सप्रेस र ह्याप्पी डेज प्रदर्शनमा आएका छन् ।

अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण तथा विशाल भण्डारीको निर्देशन रहेको सिनेमा कोहलपुर एक्सप्रेस र मिलन चाम्सको निर्देशन रहेको सिनेमा ह्याप्पी डेज एक साथ प्रदर्शनमा आएका हुन । प्रदर्शनमा आएको पहिलो दिनको पहिलो शो दुवै सिनेमाको लागि सुखद रहेको बुझिएको छ ।

चाखलाग्दो कुरा के भने यी दुईवटै सिनेमामा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा छन् । यही कारण पनि प्रियंका कार्कीका लागि यो शुक्रबार विशेष बन्ने भएको छ । यी दुईवटा सिनेमा मार्फत प्रियंका यो साता आफैसँग भिडेकी छिन् भन्दा फरक नपर्ला ।

विशाल भण्डारीको डेब्यू निर्देशन रहेको यस सिनेमामा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा विनोद न्यौपाने, रविन्द्र झा, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक तीन जना महिला कलाकार मुख्य भूमिकामा प्रस्तुत भएका कारण यो सिनेमा विशेष मानिएको छ ।

बाँकेको कोहलपुर आसपासमा छायाकंन भएको यो सिनेमाले पैसाको कथा भन्छ । केकीको आफ्नै ब्यानर ‘जुनकिरी आर्टस’को ब्यानरमा निर्माण भएको यस सिनेमामा निर्देशक भण्डारीको कथा छ । सिनेमाका छायाँकार अर्जुन तिवारी हुन् भने भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाई निर्माता हुन् ।

उता विदेशमा हुने नेपालीको कथा बोल्ने सिनेमा ह्याप्पी डेजमा प्रियंका कार्की, दयाहाङ राई, दीया पुन, सञ्जय गुप्ता, विक्की जोशीलगायतका कलाकारहरुको मुख्य भूमिका छ । सिनेमामा भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डाक्टर अशोक बंशलले सयुंक्त रुपमा सिनेमामा लगानी गरेका छन् भने तारा प्रकाश लिम्बु र राजनराज सिवाकोटीको यसमा संगीत रहेको छ । सिनेमामा मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी छ ।

लण्डन सिने आई र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको यस सिनेमालाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो सिनेमाको धेरैजसो छायाकंन लण्डनमा गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्