१६ हजारले फेरियो जीवन



सन्तोष अधिकारी
दाङ,१७ बैशाख । घोराही उपमहानगरपालिका १२ कि १३ बर्षिय यमुना नेपाली घरको समस्याका कारण घोराही बजारको एक होटलमा काम गर्छिन् । उनको मासिक तलव रु २५ सय रुपैंयाँ छ । पढ्ने उमेर मा परिवारले खर्च चलाउनका लागि उनलाई श्रम गर्नुपर्ने भयो । बाध्य भएर घोराहीको एक होटेलमा काममा लागेको यमुना वताउने गर्छिन् । ‘बुवा कमाउनका लागि बाहिर जाँदै गर्दा बाटैमा बित्नु भयो, घरमा सानो भाई र आमा मात्र हुनुहुन्छ अनि कमाउन नहिडेर के गर्नु’ ? यमुनाले भनिन् ।

पढ्ने रहर हुँदाहुँदै पनि यमुनालाई परिवारको लागि होटलमा काम गर्नु परेको थियो । खरले छाएको सानो घर,त्यो सँगैको एक का जमिन मात्रै रहेको यमुनालाई होटेलमा काम गर्नुको अर्को विकल्परहेन । केही गर्छु भन्दा पनि गाउँघरमैरहेका सहकारी समूहले समेत ऋण नदिएको यमुना कि आमा पवित्रा नेपाली बताउछिन् । ‘आफूसंँग न,त जमिन छ न,त पैसा कमाउने मान्छे, पापी पेट त पाल्नै प¥यो,’ ।

आफना दुःखका पोका खोल्दै पवित्राले भनिन ( ‘छोराछोरी आफूसंँगैरहुनर धेरै पढुन् भन्ने चाहना हुँदाहुँदै पनि बाध्यताले होटेलमा काम गर्न पठाउनु बाध्यता छ’ । गत बर्ष मात्र यमुनालाई हिप्डेक नामक संस्थाले परिवारमा पुनःस्थापना गर भइरहेको पवित्राले बताइन् । ‘त्यहि व्यापारबाट हुने आम्दानीले घर खर्च चलाइरहेको छुर थोरै भएपनि बचत पनि गरेकी छु’ पवित्राले भनिन् ।

त्यस्तै घोराही उप(महानगर पालिका– १७ मा वाल श्रमिकको रुपमा पुनस्थापित वाल श्रमिक विद्यालयमा ल सन्तोष अधिकारी ेपछि उनी गाउँकै विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेकीछिन् । पुनःस्थापना गर्ने संस्थाले आयआर्जनका लागि १६ हजार पाँच सय यमुनाकी आमालाई दियो । उक्तरकमबाट एउटा ठेला किनेर चाट,चटपटेर फुल्कीको व्यापार गदैं आइर हेकीछिन् पवित्रा ।

 

उतm चाट व्यापारबाट दैनिक ४ देखि ८ सयसम्मको व्यापार काम गर्दै आइरहेकी सलिना वलीलाई पनि हिप्डेक संस्थाले परिवारमा पुनःस्थापना गरेको छ । सलिना भर्खर १३ बर्षकी भइन् भने उनका बुबा वोनम्यारो क्यान्सरका दिर्घरोगी छन् ।घरको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान छोडेर वालश्रमिकको रुपमा काम गर्न थालेकी सलिनाको मासिक २ हजार पारिश्रमिकरहेको थियो । उनलाई पुनःस्थापना गर्ने संस्थाले किताव,कापी,झोला सहित आयआर्जनको काम गर्न भन्दै १६ हजार पाँच सय रुपैया परिवारलाई दिएको थियो ।

पुनःस्थापना गर्दा पाएको पैसाले उनले फ्रेस हाउस खोलेकीछिन् । दैनिक सरदर ८/१० केजीको व्यापार भइरहेको सलिनाकी आमा शान्ता वलीले वताइन् । ‘गाउँघरमा दुःख परेको सबैलाई थाहा छ, सहयोग हुन्छ भनेर पनि किन्न सबैजना आउनु हुन्छ’ शान्ताले भनिन् । सलिनालाई पढेर ठुलो मान्छे बन्नेरहर छ । अहिले उनी बिहानै उठेर ट्युसन जान्छिन र खाना खाएर पुनःविद्यालय जाने गर्छिन् ।अहिले छोरी पनि खुसी भएर स्कूल जान्छे, हामी पनि सबै परिवारसंँगै बस्न पाउँदा खुसी भएका छौं शान्ताले भनिन् । गरिबीले असाय बनिरहेका उनीहरुलाई हिप्डेक संस्थाले सहयोग जुटाई दिएपछि धन्य भएका छन् ।

घोराही बजार क्षेत्र वरपररहेका वाल श्रमिकलाई घोराही उप–महानगरपालिकार वालवालिकाको क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन शान्ति तथा विकास अभियान हिप्डेकले घरपरिवारमा पुनःस्थापना गर्ने काम गर्दैं आइरहेको छ । गत बर्ष हिप्डेकले यमुनार सलिना मात्र होइन घोराही उप(महानगरपालिका क्षेत्रका २१ जना वालवालिकालाई परिवारमा पुनःस्थापना गरेको थियो । उक्त संस्थाले पुनःस्थापनाका समयमा दिएको सानोरकमले वालश्रमिकका परिवारले आम्दानीको स्रोत जुटाइरहेका छन् ।

कसैले च्याउ खेती त कसैले चाट पसल अनि कसैले बाख्रापालन गरिरहेको संस्थाका कार्यक्रम संयोजक किरण गौतम बताउँछन् । वाल श्रमिकलाई पुनःस्थापना गर्नु मात्र नभई उनीहरुलाई आयआर्जनको काम दिए मात्र यो न्युनीकरण हुने भएकोले संस्थाले सानो भएपनिरकम सहयोग गरेको गौतमले वताए । दिएकोरकमबाट उनीहरुले आम्दानी गरेको नगरेको बारेमा निरन्तर अनुगमन समेत गरिरहेको गौतमको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्