अभिनय/निर्देशन बाट फेरी फिल्म क्षेत्रमा फर्कन चाहान्छु : कोईराला ।।



नायक राजवल्लभ कोईराला आफु फेरि पनि नेपाली फिल्म क्षेत्रमा फर्कन चाहेको बताएका छन् । लामो समय पछि नेपाल आएका उनले ढिलो चाँडो आफु नेपाली फिल्ममा फर्कने बताएका हुन् । विगत लामो समय देखि अमेरिका बस्दै आएका राजवल्लभ पारिवारिक भेटघाटका लागि नेपाल आएका हुन् ।

पर्खी बसे फिल्मबाट डेब्यु गरेका राजवल्लभ नेपालमा राम्रो करिअर हुँदा हुँदै पनि अमेरिका गएका थिए । केहि महिना अघि मात्रै अमेरिकामै विवाह बन्धनमा बाँधिएका उनी फेरि नेपाली फिल्म क्षेत्रमा आउन चाहान्छन् । नेपालको पढे लेखेको हिरो मानिने राजवल्लभ अभिनय वा निर्देशन बाट फिल्म क्षेत्रमा फर्कने जनाएका छन् ।

पर्खि बसे, सम्झि दिए पुग्छ, क्रृतु, प्रितिको फूल, पहिलो पहिलो मायाँ लगाएतका नेपाली चालचित्रमा उनले अभिनय गरेका छन् । ‘हाइवे टु धम्पुस’ नामक हलिउड फिल्ममा पनि नायक कोईरालाको अभिनय देख्न सकिन्छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्