ब्रिटानिया कम्पनीसंग प्रियंकाको ३२ लाखमा सम्झौता ।।



सैघाली खबर, काठमाण्डौँ ।
नायिका प्रियंका कार्कीले एक अन्तर्रा्ष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने सम्झौता गरेकि छिन् । ब्रिटानिया कम्पनीले उत्पादन गर्दै आएको गुड डे बिस्कुटको टीभीसी एडको लागि प्रियंकाले सम्झौता गरेकि हुन् । प्रियंकाले उक्त कम्पनीको नेपाल सद्भावना दुत बनेवापत २० लाख भारु पारिश्रमिक लिएको चर्चा छ । जसको नेपाली ३२ लाख हुन्छ ।

२ बर्षका लागि उनले यति रकममा सम्झौता गरेकी हुन् । नेपाली सेलिब्रिटीहरु ब्रान्ड दुनियाँमा खासै जम्न सकेको पाइदैन । बलिउडका कलाकारको आम्दानीको ठूलो श्रोत विज्ञापन भएपनि नेपाली कलाकारका लागि अझै यो दुनियाँ सपनामै छ । तर, पछिल्ला केही समययता भने विज्ञापन कम्पनीहरुले नेपाली कलाकारलाई पनि विश्वास गर्न थालेका छन् ।

यसैले, केही कलाकारको आम्दानीको बाटो पनि फराकिलो बन्दै गएको छ । कम्पनीले उनलाई २ बर्षका लागि नेपालको सद्भावना दुत बनाएको छ । बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा काम गर्ने आफ्नो चाहना कोकाकोलाबाट पुरा भएको र ब्रिटानिया कम्पनीसँग पनि आफूलाई काम गर्न मन लागेको प्रियंकाले बताएकी छिन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्