मे १ र नेपाली मजदुर



 

 

 

 

 

जनक नेपाली

बैशाख १८ ।सन् १८८६ मे १ मा अमेरिकाको सिकागो शहरबाट शुरु भएको मजदुर आन्दोलन, ८ घण्टे कार्यदिनको आन्दोलन ८ घण्टा काम, ८ घण्टा मनोरन्जन, ८ घण्टा आरामको लागि भएको थियो । आज अन्तराष्ट्रिय मजदुर दिवस अर्थात मे १ दिनलाई कतिपय देशमा मजदूरहरुको महत्व पूर्ण चाडको रुपमा मान्ने गरिन्छ । सिकागो सहरमा भएको अन्दोलनका क्रममा मजदूर नेता पार्सन, एंगेल्स लगाएतलाई मृत्युदण्ड दिइएको थियो । त्यसपछि अमेरिकामा झन आन्दोलनको आगो रापिलो बन्दै गयो ।

मजदूर आन्दोलनले अमेरिका अस्तव्यस्त बन्दै गयो भने थुप्रै मजदुरले साहदत प्राप्त गरे । अमेरिकी सरकारले आन्दोलन थेक्न नसक्दा सरकार मजदुर समक्ष घुडा टेक्न बाध्य भयो । त्यो मजदू्रर आन्दोलनको ठूलो विजयी प्राप्त भयो ।फल स्वरुप अमेरिकाका मजदूरहरुले निर्णायक आन्दोलनको सुरुवात गरेको मे १ लाई सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको संसारभरका मजदुरहरुको प्रतिनिधिहरुको बैठकले मे १ लाई अन्तराष्ट्रिय मजदूर दिवसको रुपमा संसार भर मनाउने निर्णय ग¥यो ।

नेपालमा वि.स. २००३ साल विराटनगरको रघुपति जूट मिलमा भएको आन्दोलन नै मजदुरको पक्षमा भएको पहिलो आन्दोलन मानिन्छ ।श्रमिकहरुमाथि मालिकहरुको अत्यचारका विरुद्धमा मजदूरहरुले गरेको आन्दोलनको स्मरण स्वरुप मे दिवस मनाउँदै आउने गरेको छ । नेपालको सन्धर्बमा मजदूर आन्दोलन त्यति लामो नभएपनि देशमा चल्ने राजनीतिक आन्दोलनहरुमा मजदूरहरुले महत्वपूर्ण भूमिका रहेको पाईन्छ ।यो आन्दोलनले मजदुरमा केही उत्साह थपे पनि उनिहरुको अबस्थामा भने खासै परिर्वतन देखिदैन ।

वि.स २००३ साल विराटनगरको रघुपति जूट मिलमा भएको मजदुर आन्दोलन जून भारतीय नागरिकबाट खोलिएको थियो त्यसपछिको राणाहरुले शुरु गरेको उद्योग स्थापना कार्यलाई पछि पञ्चायति शासन कालमा नेपालमा औद्योगिक नीति बनाएर विकास क्षेत्रमा औद्योगिक क्षेत्रको घोषणा गरी उद्योग र कलकारखाना खोल्न आम उद्यमीहरुलाई आह्वान गरेपनि सरकार मजदूरहरुको श्रम ज्याला र उनीहरुको काम गर्ने समय एंव मजदूरहरुको हकहितका सुविधा प्रति उदासिन छ । आज संसारभरका मजदुरहरु एक हौ भन्ने नाराका साथ मे १ का दिन मजदुरहरु सडकमा उत्रिएका छन ।

विश्वको हरेक मजदुर आन्दोलन फरकफरक सन्दर्भमा फरकफरक माग पुरा गर्न देखिएता पनि यी सवै आन्दोलनका एउटै उदेश्य मजदुरहरुको राजनैतिक, पेशागत, आर्थिक र सामाजिक मागहरु पुरा गरी मजदुर बर्गमाथि हुने सामाजिक भेदभाव, शोषण र उत्पीडनको अन्त्य गर्नुनै हो । इतिहासमा मजदूरहरुको त्याग र बलिदानबाट पूजीपति र प्रतिक्रियाबादी बर्गलाई पराजीत गरेका छन । कुनै पनि आन्दोलनमा अन्तिम सम्म आउँदा मजदूर बर्गले हारेको अबस्था अहिले सम्म देखिएको छैन ।यसको मुख्य कारण मजदूरको एकता र उनिहरुले उठाएको माग जायज प्रमुख हो ।

अन्तराष्ट्रिय मजदुर दिवस मनाउनुको मुल मर्म पनि संघर्षप्रति प्रतिबद्धता जनाउनु र अघि बढ्नुनै हो । यो दिवसको गौरवपूर्ण परम्परालाई कायम राख्दै उच्च क्रान्तिकारी आन्दोलनलाई अगाडी बढाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । मे दिवसको अबसरमा समाजबादी क्रान्तिलाई सफल पार्न अगाडी बढाउनुपर्ने आवश्यकता प्रति हामीले विशेष ध्यान दिनुपर्ने आवश्यक छ । यसै अबसरमा हामीले देशको अगाडी भएका गम्भीर प्रकारका राजनीतिक जिम्मेवारी प्रति पनि सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौं । तकात्तकालीन रुपमा नेपालमा संविधान सभा द्वारा लोतान्त्रिक संविधान निर्माण भएको र यो कार्यन्वयनको कार्य हाम्रो अगाडी छ ।

सरकारले पनि मजदुर दिवसका लागि सार्वजानिक विदा र औपचारिक भाषण गर्ने काम बाहेक मजदुरहरुको हकहितका लागि केहि गरेको छैन । आश्वासन दिने काम बाहेक राज्यले अहिले सम्म केहि गर्न सकेको छैन । श्रमको मुल्य यथोचित पाउन नसकेपछि लाखौको संख्यामा श्रमिक युवाहरु विदेशीने क्रम बढेको छ । यसमा राज्यले चाँसो देखाएको छैन । तर पनि मजदुरहरुले आफ्नो दिवस मनााइरहेका छन ।

मजदुर बर्ग क्रान्तिको भरपर्दाै र निर्णाय शक्ति हो । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न एउटा सहि नीति र सिद्धान्तको आबश्यकता छ । देशमा राजनीतिक अस्थीरता र विभिन्न कारणले गर्दा आज मजदुर आन्दोलन एकदम कमजोर अबस्थामा पुगेको छ । विभिन्न अबसरबादी संगठनहरुको भ्रमको जालो हटाएर राष्ट्रियताको रक्षा, मजदूरहरुको राजनैतिक, पेशागत, आर्थिक, समाजिक मागहरु पुरा गर्न र आन्दोलनमा मजदुरहरु एकाबद्ध हुन जरुरी र आजको मुख्य आवश्यकता हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्