फिल्म ‘हिरो रिटर्न्स’को शीर्ष गीत रिलिज ( गितको भिडियो सहित)



सैघाली खबर
काठमाडौं,२० बैशाख
फिल्म ‘हिरो रिटर्न्स’को शीर्ष गीत रिलिज भएको छ। प्रचार प्रसारलाई अघि बढाउने उद्देश्यसहित निर्माण युनिटले फिल्मको शीर्ष गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। टंककै शब्द समावेश यस गीतमा टंक र मनिशा पोखरेलको स्वर सुन्न सकिन्छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यस भिडियोमा सविन श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन्। यसअघि फिल्ममा आँचल शर्मा भएको खबर बाहिरिएको थिएन्।

भिडियोमा आँचलको उपस्थितिले दर्शकलाई फिल्मप्रति थप कौतुहलता छोडेको छ। यसमा लिड अभिनेत्री रेखा थापालाई भने फिचर गरिएको छैन। यसअघि बैशाख २८ लाई प्रदर्शन मिति तय गरेको फिल्म ुहिरो रिटर्न्सु उक्त मितिमा नआउने भएको छ। निर्माता भीम न्यौपानेकै लगानीमा बनेको अर्को फिल्म ुसुनकेसरीु उक्त मितिमा आउने भएपछि हुनसक्ने संभावित घाटालाई मध्यनजर गर्दै तत्काललाई ुहिरो रिटर्न्सु रिलिज रोकिएको हो।

अफिसियल रुपमा मिति तय नहुँदै निर्माण टिम भने जेठको अन्त्यमा फिल्म ल्याउने तयारीमा जुटेको छ। अशोक भेटवाल निर्देशित फिल्ममा सविन र रेखासँगै दिल श्रेष्ठ, सरोज खनाल, सुलेमान शंकर इकु, सुरेश थापा ९दर्शने०, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण थापा, लक्ष्मी गिरी लगायतको मुख्य भूमिका रहेको छ। चन्द्र गौतम कार्यकारी निर्माता रहेको फिल्ममा भीम न्यैपानेसँगै अमित श्रेष्ठको पनि लगानी रहेको छ। मदन कस्यापले खिचेको फिल्मलाई मित्र डि। गुरुङले सम्पादन गरेका छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्