गायक तथा नुत्य बिद्याको खोजि अभियान



सैघाली खबर,

घोराही २९ बैशाख

गायक तथा नुत्य बिद्याको खोजि अभियान कार्यक्रम आज घोराहीमा सञ्चालन भएको छ । बालबालीकामा भएका प्रतिभाको सम्मान र बिकास गर्ने उद्धेश्यका साथ उत्सर्ग फिल्म्स नेपालको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

उक्त प्रतियोगितामा करीब बिभिन्न बिद्यालय र अन्य ठाउ बाट गरी करीब दुई सय प्रतियोगिको सहभागीता रहेको थियो । उत्सर्ग फिल्म्स नेपालकी समिक्षा पौडेलको अध्यक्षता एवं संगित विद गोबिन्द आर्चायको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासघका अध्यक्ष सबिन प्रियासको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका आर्चायले अब सम्पुर्ण बिद्यालयहरुका वालवालिकालाइ पनि यस्ता शिर्जनात्मक कार्यमा अग्रसर गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो । अभिभावकले पनि आफना छोराछोरीको मनोभावना लाई वुझेर हरेक कुरामा अगाडि वढाउनु पर्ने वताउनु भएको थियो ।

यस्तै विशिष्ट अतिथि सविन प्रियासनले अव सवै क्षेत्र विकास र समृद्धिमा अघि वढेको हुनाले हरेक क्षेत्रमा मान सम्मान भएको हुनाले आफुमा रहेको प्रतिभालाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा सिजन थ्रिरीको गायन विधामा उत्कृष्ट सुप्रिया पाण्डे र काठमाण्डौंमा सञ्चालन भएको उत्कृष्ट वाल प्रतिभा अवार्ड प्राप्त सफल हुनु भएका समिक्षा पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा २ सय वढिले सहभागि जनाएका थिए । गाएन विधाको निर्णायकमा गाएक सालिकराम चौधरी र माधव चौधरी रहनु भएको थियो । यस्तै न्यृत्य विधाको निर्णायकमा सुरेश रेग्मि र ममता चौधरी रहनु भएको थियो ।

रिचा वुढाथोकीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको शहजिकरण केएल पिडीतले गर्नु भएको थियो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्