रोल्पाका बाल –बालिका पढाई खर्च जुटाउँन काफलमै निर्भर



रोल्पाबाट फर्केपछि……

जनक नेपाली
रोल्पा,३० बैशाख । रुम्टीगढी गाँउपालिका ३ का धनसरी पुरीको हातमा काफलले भरिएको डालो देखिन्थ्यो । काफलको बुटामा मुनि बसेकी धनसरीले टिपेका काफल बुटुल्न व्यस्त थिईन । धनसरीसंगै उनका साथी पनि बुटामा काफल टिप्नमै व्यस्त देखिन्थे । काफल पाकेपछि पढाई खर्च जुटाउँन आजभोली रोल्पाका अधिकासं बालवालिका पढाई खर्च जुटाउँन काफल मा निर्भर परेका छन ।

रोल्पा जुर माबि कक्षा ७ मा अध्ययन गर्दै आएकी धनसरीले काफल बेचेरै पढाई खर्च टार्दै आएको उनले बताईन ।पढाई छाडेर काफल टिपेर बेच्नु आफ्नो बाध्यता भएको वताईन ।‘प्रत्येक बर्ष काफल बेचेर कापी कलम र विद्यालय पोशाकको जोहो गर्दै आएको छु’ धनसरीले भनिन् । घरको आर्थिक अवस्था कमजोर हुदा बा आमालाई पढाई खर्च जुटाउन धौधौ परेपछि आफुनै काफल टिप्न हिडेको उनको भनाई छ ।

 


पहिले रहरमा काफल टिप्न हिडे तर आज आएर बाध्यता जस्तै बनेको छ धनसरीले भनिन् सबै साथी टिपेको काफल ल्याएर रोल्पाको सुर्पाल, होलेरी बजारमा ल्याएर बेच्ने गरेको उनको भनाई छ ।पढाई खर्च संगै घरको नुन,तेलको जोहो समेत गर्दै आएको उनको भनाई छ । सिजनमा काफल बेचेर २०देखि ३० हजार सम्म आम्दानी गरेको वताउँदै बर्ष दिनको पढाई खर्च त्यसबाटै टरेको उनको भनाई छ । सकभर पढाई नछ्ट्ने गरी शुक्रवार काफल टिप्न जंगल जाने र शनिवार बेच्न बजार जान्छौ उनले भनिन् ।


काफल पाक्ने सिजन भएका कारण अधिकासं बाल–बालिका काफल टिप्नमै ब्यस्त हुने गरेको रोल्पा रुम्टीगढी गाँउपालिका ३ अध्यक्ष चन्द्र«बहादुर घर्तीले बताउँनुभयो ।कोही काफल खान जाने निहुँमा आउँदैनन कोही काफल विक्री गरेर पैसा कमाउने भन्दै स्कुल जादैन उहाँले भन्नुभयो । गाउँ यो समस्याले विकराल रुप लिन थालेपछि आफुहरु चिन्तित भएको घर्तीले वताउँनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्