चलचित्र निर्माता संघ र चलचित्र संघविच भएको बार्ता के भयो ?



सैघाली खबर/काठमाण्डौँ, बैशाख
नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघविच भएको बार्ता सहमतीमा पुगेको छ । शेयर बाँडफाँडको मुद्दालाई उठाएर चलचित्र निर्माता संघले हल संचालकविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो । सहमती अनुसार अब, सिंगल थिएटरमा चलचित्र प्रदर्शनको पुरा अवधीको शेयर निर्माता र प्रदर्शकले ५०–५० प्रतिशतमा पाउनेछन् । मल्टिप्लेक्समा भने केही फरक सहमती गरिएको छ ।

अहिले मल्टिप्लेक्स हलमा चलचित्र रिलिज भएको पहिलो साता निर्माताले ५० प्रतिशत, दोश्रो साता ४२, तेश्रो साता ३७ र चौथो सातादेखि ३० प्रतिशत शेयर पाउँदै आएका थिए । अब भने, मल्टिप्लेक्समा निर्माताले पहिलो सातामा ५०, दोश्रो सातामा ४५, तेश्रो सातामा ४० र चौथो सातादेखि ३५ प्रतिशत शेयर पाउनेछन् ।

साथै, अबदेखि हलमा १५ दिनसम्म ट्रेलर बजाएको रकम निर्मातासँग हलवालाले लिन पाउने छैनन् । यस्तै, हलमा पोष्टर, स्ट्यान्डी राखेको पैसा पनि निर्मातासँग असुल्न नपाउने सहमती भएको छ । यस्तै, सहमती अनुसार अबदेखि हलमा पासको व्यवस्था गर्दा निर्मातासँग सल्लाहा गरेर मात्र हल संचालकले पास दिन पाउनेछन् । चलचित्र संघसँग सहमती भएपछि निर्माता संघले जेठ १ गतेबाट गर्ने भनेको आन्दोलन पनि स्थगित भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्