चलचित्र प्रेमनाथले सुझाव लियो



गोविन्द खड्का,
घोराही,८ जेष्ठ।
नवनिर्मित नेपाली कथानक चलचित्र प्रेमनाथले आईतवार घोराहीमा विभिन्न क्षेत्रका व्यक्तिबाट सुझाव लिएको छ । चलचित्र प्रति अपनत्व जगाउन र राम्रो बनाउन सुझाव लिएको निर्माता गणेश वेल्वासेले जानकारी दिनुभयो । उहाले चलचित्रको कथा फिल्मी शैलिबाट सुनाउनुभएको थियो ।
चलचित्रमा गौतम बुद्धको जन्म स्थल लुम्विनीलाई स्थापित गराउन खोजिएको छ । स्वर्गद्धारीको बारेमा पनि बिशेष जानकारी रहेको बताईएको छ । त्यस संगै भारतले प्रचार गरेको बुद्धको प्रायोजित जन्मस्थल समेट्न उद्योगी खड्गबहादुर बुढाथोकिले सुझाव दिनुभयो । अहिले चलेको प्रेम गर्ने संस्कारमा चलचित्रले राम्रो बजार लिने अर्का उद्योगी मनोज बुढाथोकिको आशा थियो ।
कथाको विषय असाध्यै मन परेको राप्ती पोष्टका प्रकाशक सम्पादक शरद अधिकारीको टिप्पनी गर्नुभयो । छायांकन गर्दा कलाकार, सिन र प्राविधिमा बिशेष ख्याल राख्न पत्रकार अधिकारीको सुझाव थियो । दाङको नमछु गौतमबुद्ध गुम्वा, गोरक्षरतन्नाथ मठ चौघेर, पाण्डबेश्वरी लगाएत पर्यटकीय स्थलहरु नछुटाउन आग्रह गर्नुभयो ।
निर्माता वेलसेले सबै कथा कण्ठस्थ सुनाउनुभएको थियो । डाईलगको विज्ञतालाई सम्मान गर्छु भन्दै समाजसेवि भिमप्रकाश खड्काले समाजको विकृति विरुद्ध सन्देश दिने कुरालाई महत्व दिन आग्रह गर्नुभयो ।

सेवाको भावना, सवच्छ प्रेम र देशभक्तिपुर्ण भावना महत्वपुर्ण रहेको खडकाको प्रतिकृया थियो । कलाकार तथा चलचित्रमा भुमिका खेल्ने हरेकले प्रयोग गरेका पोशाक, भाशा शैली, हाव्भाव शुरु देखि अन्त सम्म निरन्तरता दिन व्यवसायी दुर्लभ केसीले सुझाव दिनुभयोे । यसैगरी शुभचिन्तकहरु भुपबहादुर डागि, बद्री खड्का, हुमा डिसी, प्रकाश सुवेदी, रेखबहादुर वली, बसन्त भट्ट, सम्झना घर्ति लगाएतले कथा असाध्यै राम्रो भन्नुभएको थियो ।
निर्माता वेल्वासेले कार्यकारी निर्माता राजु केसी लगाएतका टिम हुने जानकारी दिनुभयो । उहाले कलाकारहरु मिथिला शर्मा, निखिल उप्रेती, पहल लगाएत अधिकांश पुराना र नाम चलेका रहने जानकारी दिनुभयो । केहि नया कलाकारलाई पनि सथान दिने बताउनुभयो । यस अघिको उहिलेत बाजेका पालामा कथानक चलचित्र बाट धेरै कुरा सिकेको बताउदै निर्माता संघका सदस्य समेत रहनुभएका वेल्वासेले प्रेमनाथ सबै क्षेत्रको मनपर्ने चलचित्र बन्ने आशा गरेको सुनाउनुभयो । आवश्यक सल्लाह सुझाव र सहयोगको आशा गरेको बेल्वासेको भनाई थियो । निर्माता वेल्वासेले चलचित्रमा युवा, तथा पाकाहरुलाई मनपर्ने र पन्चेवाजाका गरी फरक फरक शैलिका पा“चवटा गित राखीएको जानकारी दिनुभयो । प्रेमको रक्षकको अर्थ दिने गरी प्रेमनाथ चलचित्र तयार गरीने निर्माता बेल्वासेको भनाई थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्