३३ किलो सुन काण्ड : गोरेलाई ईन्काउटर गर्ने योजना थियो । (कुराकानी)



सैघाली खबर, २५ जेठ।
३३ किलो सुन काण्डको अझै टुंगो लागेको छैन । मुख्य अभियुक्त बनाइएका गोरेले आत्मसमर्पणले नयाँ मोड लिएको सुन काण्डले सबै नयाँ तरंक फैलिएको छ । अपराध महाशाखाका सई र गोरेकी श्रीमतीबीच भएको टेलिफोन वार्ता सार्वजनिक भएपछि फेरि फोन वार्ता सार्वजनिक भएको छ । यो फोन वार्ता एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीबीचको हो । फोनमा गोरेलाई इन्काउन्टर गर्ने योजना बनाइएको छ । कसरी गर्ने ? र कहाँ गर्ने भन्ने उनीहरुबीच लामो कुरा भएको छ ।

लोहनीले जंगलमा लगेर दोहोरो भिडन्त जस्तो बनाएर गोरेलाई गोली हान्न डीएसपी केसीलाई निर्देशन दिएका छन् । उनको निर्देशनअनुसार नै केसीले सनम शाक्यको शव गाडीमै बोकेर उर्लाबारीतिर लागे । सुन तस्करीको सबैभन्दा धेरै सूचना भएका व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ गोली हानेर हत्या गर्न निर्देशन दिएको देखिएको छ । हत्यापछि गोरेको इन्काउन्टरमा मृत्यु भएको भनेर प्रचार गर्ने योजनाअनुसार महाशाखा टोली पूर्व पुगेको रहस्य खुलेको हो ।

२०७४ फागुन १८ गते राति महाशाखा प्रमुख लोहनीले डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सुन तस्करी एवं सनम शाक्य हत्या अनुसन्धानका लागि धारन पठाएका थिए । उनी धरान पुगिसकेपछि राति भएको सम्वादमा एसएसपी लोहनीले दोहोरो भिडन्तको नाउँमा गोरेलाई हत्या गर्न निर्देशन दिएका हुन् ।

‘त्यहाँ (धरान) बाट हाम्रो गाडी मुभ गराउने भनेको त दोहोरो (भिडन्त) देखाउनलाई हो नि त’, काठमाडौंमा रहेका एसएसपी लोहनीले धरानमा रहेका डिएसपी केसीलाई निर्देशन दिँदै भनेका छन्, ‘दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो । सिद्धियो ।’

यस्तो थियो योजना……………..

एसएसपी दिवेश लोहनीः अँ प्रजित। अँ हेलो ।

डिएसपी प्रजित केसीः त्यो मेन केटा (गोरे) इन्डिया गएको भन्छ यसले हजुर। उताबाट बोलाउँ भनेको छ। उसले बोलउँछु भन्दैछ । त्यसो भए उताबाट आउँछ भने हामी किन यहाँ बस्ने अर्को्ितर जाउँ भनेर इटहरीतिर जाउँ भनेको छु यसलाई। मैले तिम्रो यो गाडी मात्र लग्यो भने शंका हुन्छ । म यहाँ पुलिसलाई आज यतातिर आएको इटहरी जानुपर्ने भयो भनेर पुलिसको गाडी मगाउँछु । त्यो गाडी हाम्रै भइहाल्यो। अनि त्यहाँ उर्लाबारीबाट केटाहरु त्यहाँ मगाउने सर।

एसएसपी दिवेश लोहनीः इटहरीमा ?

डिएसपी प्रजित केसीः इटहरीमा सर। यसलाई पनि लिए जाउँ सर ।

एसएसपी दिवेश लोहनीः सुन न मेरो कुरा। इटहरीभन्दा उर्लाबारीबाट मगाउनु पर्छ। उर्लाबारी मोरङ पर्यो होइन ? इटहरीको पुलिसलाई हामीले केही पनि भनेको छैन। हामीलाई सहयोग गर्ने भनेको कि मोरङको हो कि उसको हो। त्यसलाई कुटेर मारेको फर्स्ट क्राइम सिन पनि मोरङमै हो।

डिएसपी प्रजित केसीः मोरङ हो सर। उर्लाबारीतिरै हो।

एसएसपी दिवेश लोहनीः उर्लाबारीतिरै हो भनेपछि तीँ उर्लाबारी जाउ होइन। ती बोलाउँ ती केटाहरुलाई पनि। त्यतातिर साइत पनि पर्छ त्यतातिर ठीक हुन्छ भनेर कन्भिन्स गर्ने।

डिएसपी प्रजित केसीः यसको फेरि गाडीमा तेल एक लाइन मात्र छ। अरु कुनै पनि पेट्रोलपम्प खुलेको छैन सर अहिले। यो उर्लाबारीसम्म पुग्छ कि पुग्दैन ? उर्लाबारी कति किलोमिटर छ कोनि यहाँबाट?

एसएसपी दिवेश लोहनीः उर्लाबारी‘. इटहरी नै १८ किलोमिटर हो क्यार त्यहाँबाट।

डिएसपी प्रजित केसीः हजुर त्यस्तो छ। ८–९ लिटर जति होला तेल यसमा।

एसएसपी दिवेश लोहनीः ९ लिटर भए त पुगिहाल्छ नि। १० को दरले पनि ९० किलोमिटर जान्छ ।

डिएसपी प्रजित केसीः पुग्छ हैन हजुर । भनेपछि लैजाउँ सर यसलाई उर्लाबारी ?

एसएसपी दिवेश लोहनीः उर्लाबारी लैजाउ । फस्र्ट क्राइम सिन पनि त्यहीँ हो।

डिएसपी प्रजित केसीः दुईटा केटा लिनु परो। मेन केटा कन्फर्म भएन नि सर यसो गर्दा फेरि।

एसएसपी दिवेश लोहनीः यता र उता किन गर्ने। गाडी ती धरानमै भेटिएको धरानमै गर्ने।

डिएसपी प्रजित केसीः भोलि त्यसलाई हान्नु पर्यो भने त धरानमै हान्नुपर्छ। यतैको जंगलतिर लगेर हान्नुपर्छ।

एसएसपी दिवेश लोहनीः त्यसलाई सबैभन्दा राम्रोसँग हान के।

डिएसपी प्रजित केसीः सर

एसएसपी दिवेश लोहनीः त्यही हो के धरानको त्यो अघि मैले भनेको पुलिसको ठाउँतिर लगेर गाडी राख्ने । अनि त्यसलाई चाहिँ‘.

डिएसपी प्रजित केसीः यतैतिर होटलमा राख्ने सर?

एसएसपी दिवेश लोहनीः नभए त्यो केटालाई अहिले हामी होटलमा बसौं भन्नु पर्याे। मान्छे बोलाऊ भनेर होटलमा जाऔं पहिला। गाडी लगेर त्यही अघि मैले भनेको छेउछाउतिर राखौं। अनि लोकल पुलिसलाई सेक्युरिटी वाच गर्देउ भनेर बसौं।

डिएसपी प्रजित केसीः सर गाडी त यहीँ भए पनि फरक पर्दैन। यहीँ नजिकै छ पुलिस होइन हजुर। यहाँबाट सय मिटरमा पुलिस छ। त्यहाँ म भन्छु त्यसलाई गाडी वाच गर्नु भनेर।

एसएसपी दिवेश लोहनीः होइन लोकल पुलिसलाई पनि एक जना मात्र सिभिलमा वाच गर्ने राख्ने हो। त्यहाँको डिएसपीलाई भनेर एक जना मात्र सिभिलमा पठाइदे यहाँ होइन। उसले सिंगल पठाइदिन्छ।

डिएसपी प्रजित केसीः सर.!

एसएसपी दिवेश लोहनीः नभए त्यो डिएसपीलाई के भनौं भने यति नं.को गाडी पार्किङमा छ। हामी यहाँबाट हिडौं‘.

डिएसपी प्रजित केसीः सर‘ नभए हामी तीन जना छौं सर। पालैपालो हामी नै बस्छौं सर ।

एसएसपी दिवेश लोहनीः सुन न हाम्रो चाहिँ त्यहाँबाट गाडी मुभ गराउने भनेको त दोहोरो (भिडन्त) देखाउनलाई हो नि त।

डिएसपी प्रजित केसीः हो ।

एसएसपी दिवेश लोहनीः दोहोरो त जहाँ पनि गर्न भइहाल्छ नि। गाडी त्यहाँ राख्यो। खोज्दै जाने क्रममा त्यसलाई जहाँ भेट्यो त्यहीँ हान्दियो। सिद्धियो त।

डिएसपी प्रजित केसीः लाश (सनम शाक्य) यहीँ छ गाडीमै छ। त्यो पनि लिएर गइन्छ। त्यहाँ पुगेपछि निकालिन्छ होइन सर। अनि त्यसपछि हान्ने त हो।

एसएसपी दिवेश लोहनीः त्यही भएर अहिलै त्यहीँ नै होस्। बेकार शंका गर्ला त्यसले। अहिले त्यसलाई के भनौं भने तँ चाहिँ हामीसँग होटेलमा जाउँ, यताउता लाश बोकेर नहिँडौं। त्यहीँ धरानमै अहिले कतै एउटा होटल खोजेर बसौं। गाडीलाई लक गर्दिएपछि केही फरक पर्दैन भनेर त्यसलाई त्यहाँबाट हटाऊ। त्यसपछि तिमी त्यो केटा एउटा होटलमा गएर मजाले सँगै बस। त्यो केटो नभागोस् है, त्यो भागो भने फेरि हामीसँग कोही पनि हुँदैन।

डिएसपी प्रजित केसीः हस् सर हजुर। भाग्दैन सर, सँगै हुन्छ। कन्फिडेन्समै छ यो।

एसएसपी दिवेश लोहनीः हअँ.. होटलमा बसौं।

डिएसपी प्रजित केसीः सँगै सुत्ने हो सर अब होटलमा गएर।

एसएसपी दिवेश लोहनीः सुतेर पनि भएन फेरि। बोलाउनु पर्याे डिल गर्नु पर्याे। त्यो उर्लाबारीको केटाहरुलाई पनि ल्याउनु पर्यो। मान्छे पठाएर ल्याउने हो कि के गर्ने। जे गर्नुपर्छ गर्ने।

डिएसपी प्रजित केसीः हुन्छ सर हुन्छ ।

एसएसपी दिवेश लोहनीः अनि फोन गरेर डिएसपीलाई लोकल पुलिसलाई नलगी सिभिलमा कोही मान्छेलाई गाडी वाच गरेर बसिराख्न भन्ने कुरा गर। त्यो गाडी यहाँबाट मुभ नहोस्, सिभिलमा त्यसको केटालाई राख हैन। डिएसपीलाई त्यो गाडीभित्र त्यस्तै वस्तु छसम्म भने हुन्छ। हामी चाहिँ सस्पेक्टहरलाई समाउन लागिरहेका छौं सहयोग चाहियो भने भन्छौं भनेर डिएसपीलाई भनँ। होटलमा गएर बसेपछि यहाँ छिटो आइज भनेर बोलाउनु। उर्लाबारीका केटाहरुलाई पनि बोलाउन लगाउने र यसलाई पनि बोलाउने।

डिएसपी प्रजित केसीः हुन्छ सर हुन्छ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्