गर्मी तथा बर्षा याममा सर्पदंशका घटना अत्याधिक, सर्पले टोक्दा के गर्ने ? के नगर्ने ?



सैघाली खबर, १ असार ।
गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन् । खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन् । अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन् । तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ । अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन् । सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पु¥याउँछन् । यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन् । अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन् ।

के गर्ने ?
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ । टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ । सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ । सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ । सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला । टोकेको समय पनि ख्याल गर्नुहोला । यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ । कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला । आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला । सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला ।

के नगर्ने ?
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला । सर्पले फेरि टोक्न सक्छ । टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला । सर्पको विष मुखबाट गयो भने तपाईंकालागि अर्को खतरा हुनेछ । टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला । टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला । बरु यसले विष चाँडो फैलन सहयोग गर्छ । टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला । एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला । यस्ता पेनकिलरले रगत पातलो बनाउँछ । टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्