सुनिल दत्त पाण्डेको पर्दामा कमब्याक



दाङ,२० असार
एकसमयका सफल नायक हुन सुनिल दत्त पाण्डे । केही वर्ष अगाडिसम्म सुनिल विनाका फिल्महरु कमै हलमा रिलिज हुन्थे । कुनै फिल्ममा भिलेन त कुनैमा नायकको भूमिकामा देखिएका सुनिल दत्त पाण्डे पछिल्लो समय हराए जस्तै छन् ।

केही वर्षयता उनी अभिनित फिल्महरु हलमा लागेका छैनन् । ुभाग्यु, ुमेरी आमाु, ुभुतुक्कै भए निु, ुहामी साथी भाईु जस्ता फिल्महरु समेत निर्माण गरेका सुनिलले फेरि आफ्नै लगानीमा फिल्म निर्माण गर्ने बताएका थिए तर अहिलेसम्म उनको सपना पूरा भएको छैन् । लामो समयदेखि ठूलो पर्दामा नदेखिएका सुनिललाई चाँडै दर्शकहरुले एक फिल्ममा देख्न पाउने भएका छन् । ुवीराङ्गनाुमार्फत उनले ठूलो पर्दामा कमब्याक गर्न लागेका हुन् ।

केही दिन अगाडि राजधानीमा एक कार्यक्रमका बीच यो फिल्मको घोषणा गरिएको थियो । यो फिल्ममा सुनिलका अलावा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाई, अनुप विक्रम शाही, धीरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा सुनिलको भूमिका भने खुलाइएको छैन ।

सुनिल दत्त पाण्डेले ुसिन्दुरु, ुमेरो मनको साथीु, ुमौसमु, ुसुरक्षाु, ुदागु लगायतका ३ दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनलाई नायक भन्दा पनि खलनायकको रुपमा दर्शकहरु बढी चिन्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्