यस्तो लक्षण देखिए बच्चामा हुनसक्छ ब्लड क्यान्सर



क्यान्सरको रोगी विश्वभर नै बढिरहेका छन् । हामीकहाँ पनि क्यान्सर रोगी दिनप्रतिदिन बढ्दो छ । वास्तवमा आज हामीले अपनाउने जीवनशैली, खानपान आदि क्यान्सरको कारण बन्दैछ । अस्वस्थ्यकर जीवनशैलीले हामीलाई क्यान्सरको जोखिममा पारेको छ ।

क्यान्सर यस्तो भयावह रोग हो, जो अत्यान्तै पीडादायी मात्र हुँदैन, कतिपय अवस्थामा उपचार नुहन समेत सक्छ । क्यान्सर लागेपछि त्यसको उपचार महंगो छ । अर्को कुरा, क्यान्सर लागेको मानिसहरुले त्यसबेला मात्र भेउ पाउँछन्, जतिबेला उपचार ढिला भइसकेको हुन्छ ।

 

 

क्यान्सर वंशानुगत रुपमा पुस्ताहरुमा सर्दै आउँछ । यद्यपी अनियमित रहनसहन, गलत खानपानले पनि यो रोगलाई निम्त्याउँछ । अहिले साना बालबालिकामा समेत क्यान्सर देखिन थालेको छ ।

बच्चाहरुलाई हुने क्यान्सरमा धेरैजसो ब्लड क्यान्सर देखिएको छ । अप्ठ्यारो चाहि के छ भने, बच्चालाई यो रोग लागेको सहजै थाहा हुँदैन । सामान्यत क्यान्सर जब कुनै अंगमा फैलिन्छ, तब मात्र त्यसबारे थाहा पाउन सकिन्छ । बच्चामा हुने ब्लड क्यान्सर वा ल्यूकीमिया तिब्र रुपमा बढिरहेको छ ।

के हो ल्यूकीमिया वा ब्लड क्यान्सर रु

ल्यूकीमिया एक किसिमको ब्लड क्यान्सरको सुरुवाती चरण हो । यसको उपचार सजिलै गर्न सकिन्छ । तर, त्यसका लागि यो रोग सुरुवाती अवस्थामा नै थाहा भएको हुनुपर्छ । यदि सही समयमा उपचार गरिएन भने यो खतरनाक र ज्यानमारा पनि हुनसक्छ ।

कसरी थाहा पाउने रु

बच्चामा ल्यूकीमिया अर्थात ब्लड क्यान्सर लाग्ने संभावना छ भनेर कसरी थाहा पाउने त रु किनभने यसको लक्षण सामान्य हुनेगर्छ, जसलाई हामी गंभिरतापूर्वक लिदैनौ । यद्यपी निम्न कुराहरुबाट बच्चामा यो रोगको भय छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

(पटक(पटक एकै किसिमको संक्रमण हुनु

(धेरै तिब्र ज्वरो आउनु

(बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु

(हरेक समय थकान र कमजोरी महसुष गर्नु

(एनीमिया हुनु

(नाख(गिजा आदिबाट रगत बग्ने समस्या हुनु

(जोर्नीमा दुखाई अनुभव हुनु

(शरीरको विभिन्न भाग सुन्निनु

(शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु

(कलेजोसम्बन्धि समस्या हुनु

(अक्सर टाउको दुख्नु । वा माइग्रेनको शिकार हुनु

(पक्षघात अर्थात स्ट्रोक हुनु

(कुनै चिजमा पटक पटक भ्रम हुनु । अर्थात मानसिक रुपले तनावग्रस्त हुनु

(वान्ता हुनु

(छाला चिलाउने समस्या देखापर्नु

(भोक नलाग्ने समस्या हुनु

(कुनैपनि घाउ निको हुन लामो समय लाग्नु

तिब्र रुपमा फैलिन्छ ल्यूकिमिया

ल्यूकीमिया अर्थात ब्लड क्यान्सरको प्रारम्भिक लक्षणमा फ्लु र अर्को गंभिर बिमार हुन्छ । तर, जब ल्यकीमिया तिब्र रुपमा फैलन थाल्छ, माथि उल्लेखिन सबै किसिमको समस्या एकसाथ देखापर्न थाल्छ । यी समस्यालाई नजरअन्दाज गरियो भने ल्यूकीमिया क्यान्सर कोशिया अर्थात यो ट्युमर कोशिका शरीरको अन्य भागमा फैलन्छ । यही कारण शरीर असामान्य रुपमा सुन्निन थाल्छ । तर सही समयमा ल्युकीमियाको लक्षण पहिचान गरियो र उपचार थालियो भने ब्लड क्यान्सरको खतरा रहँदैन ।

खतरानाक रोग हो ल्यूकीमिया

ल्युकीमिया सेल्सले सोझै रगतलाई प्रभावित बनाउँछ । हुन त ल्युकिमियाको लक्षणलाई अहिले सजिलै थाहा पाउन सकिन्छ । यदि कसैले त्यसलाई नजरअन्दाज गर्छ भने, र ल्यूकीमियालाई समयमै उपचार गदैनन्, भने उनको जीवन धेरैमा चार बर्षसम्म मात्र हुनेछ । यो उमेर पनि प्रतिरोधात्मक क्षमता र ल्यूकीमियाको प्रकारमा निर्भर गर्छ । ल्यूकीमिया अर्थात रक्त क्यान्सरको उपचार ल्यूकीमियाको प्रकारमा आधारमै हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्