बच्चालाई कति वर्षसम्म स्तनपान गराउने ? (भिडियो)



तपाई हामि सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ । हरेक आमाले आफ्नो बच्चालाई ६ महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ । तर कति वर्षसम्म स्तनपान गराउने ? यो बिषयमा सबैलाई जानकारी छैन । बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ । स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन् ।

बेलायतका नेशनल हेल्थ सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन । ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ । त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ । विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैंन । जबसम्म बच्चाले आमाको दूध खान्छन्न्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन । स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ ।

स्तन र अण्डाशय क्यान्सरको खतरा हुँदैंन । एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ । तर, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको छ ।’ अर्थात् २ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने बेलायती विशेषज्ञको मत छ । डा. डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कुनै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ।’

एक आँकलनअनुसार बेलायतमा ८० प्रतिशत महिलाहरु स्तनपान गराएको केही समयपछि नै छाड्छन् । ६ वर्षसम्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहाई मात्र हुन्छ । सन् २०१६ मा प्रकाशित एक अन्तर्रा्ष्ट्रिय अनुसन्धानअनुुसार बेलायती महिलाहरु सबैभन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन् । महिलाहरु सार्वजनिक स्थानमा स्तनपान गराउन लाज मान्छन्, यसकारण पनि उनीहरु चाँडै नै स्तनपान गराउन छाड्छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्