‘म यस्तो गीत गाउँछु’को शिर्ष गीत रिलिज



दाङ,२० असार
प्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । असार ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रको शिर्ष गीतको अडियो यस अगाडि नै हिट भैसकेको छ ।

सार्वजनिक गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माको भावनालाई चित्रण गरिएको छ । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । अर्जुन पोखरेलको संगीत, प्रमोद खरेल र अन्जु पन्तको स्वर, दिग्गज धौरालीको शब्द यो गीतमा छ ।

यो गीत चलचित्रको टर्निङ पोइन्ट हुनसक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा पल र पूजा भावूक देखिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्