एउटा यस्तो ठाउँ, जहाँ कहिल्यै बूढी हुदैनन् महिला !



सैघाली खबर, ८ असार ।
हर कोही चाहन्छन् कि बुढो कहिल्यै हुन नपरोस् तर बढ्दो उमेरको असर त जसलाई पनि पर्छ । तर यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ जहाँका व्यक्तिहरू कहिल्यै पनि बुढा देखिदैनन् । यहाँका महिलाहरू यती राम्रा हुन्छन् कि उनीहरूलाई हेर्दा यस्तो लाग्छ कि मानौं स्वर्गका अप्सराहरू धर्तीमा आएका छन् । यो ठाउँ कुनै स्वर्ग भन्दा कम छैन ।

६० वर्षको उमेरमा पनि उनीहरू यस्ता लाग्छन् कि यिनीहरू बीस वर्षका केटीहरू हुन् । यहाँका आमा र छोरीमा फरक पाउन धेरै मुश्किल छ । यहाँको पानी नै यस्तो छ कि यहाँका महिलाहरू ६५ वर्षको उमेरमा पनि गर्भधारण गर्न सक्छन् । यो उमेरमा आमा बन्दा पनि उनीहरूलाई कुनै दुःख हुँदैन । यो ठाउँ हो हुंजा घाटी, जुन पाक अघिकृत कश्मीरमा पर्छ । गिलगित– बाल्टिस्तानको पहाडमा स्थित हुंजा घाटीमा पाइन्छ । हुंजा भारत र पाकिस्तानको बीच नियन्त्रण रेखाको नजीक पर्छ । हुंजा घाटिका मानिसहरू कुनै बिमारी विना औसत ११० देखि लिएर १२० वर्ष सम्म बाँच्छन् ।

यो प्रजातिका व्यक्तिहरूको संख्या करिब ८७ हजार भन्दा बढी छन् । यिनको सुन्दरताको राज यिनीहको जीवन शैली हो । मुटुको रोग, मोटोपन, उच्च रक्तचाप, क्यान्सर जस्ता रोगहरू दुनियाँभर फैलिएको छ । तर यी हुंजा प्रजातीका मानिसहरूले यी रोगका नाम सम्म पनि सुनेका छैनन् होला । यिनीहरूको स्वास्थ्य शरीरको राज यिनीहरूको खानपीन हो । यहाँका व्यक्तिहरू पहाडको स्वच्छ हावा र पानीमा आफ्नो जीवन व्यतीत गर्छन् । यिनीहरू काफी पैदल हिंड्छन् र केही महिना सम्म केवल ब्उचष्अयत मात्र खान्छन् । यसकोअलावा मेवा,जौ, कोदो, कुटु नै यिनीहरूको मुख्य आहार हो । यसमा फाइबर र प्रोटीनको साथ शरीरको लागि जरूरी मिनरल्स पनि हुन्छ ।

यिनीहरू ओखरको बढी प्रयोग गर्छन् । घाममा सुकाएको ओखरमा बी–१७ कम्पाउण्ड पनि पाइन्छ । जसले शरीरमा भएको एंटी– क्यान्सर एजेन्टको नष्ट गर्छ । यस प्रजातिको बारेमा पहिलो पटक ड. रबर्ट मैककैरिसनले पब्लिकेशन अध्ययन स्टडीज इन डेफिशिएन्सी डिजीजमा लेखेका छन् । यस पछि १९६१ मा जमामा एक लेख प्रकाशित भएको थियो जसमा उनको जीवन कालको बारेमा बताइएको छ । यहाँका व्यक्तिहरू शून्य तापक्रम भन्दा तलको तापमानमा ठण्डा बर्फको पानीले नुहाउँछन् ।

कम खाना र ज्यादा हिंडडुल गर्ने यिनीहरूको जीवन शैली हो । दुनियाँभरको डाक्टरले यो मानेका छन् कि यिनीहरूको जीवन शैली नै यिनीहरूको लामो आयुको राज हो । यिनीहरू विहान सबेरै उठ्छन् र धेरै पैदल हिंड्छन् । यो पूर्व सोध पछि डा. जे एम हाफमैनले हुंजा समुदायको दिर्घायु हुने राज पत्ता लगाउनको लागि हुंजा घाटीको यात्रा गरे ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्