नेपाली चलचित्रका विदेशी नायिका (भिडियो)



“काठमाडौँ“ शीर्षकको नेपाली चलचित्र धेरै कारणले चर्चित भयो । तीमध्ये एउटा कारण भनेको यसमा अभिनय गर्ने अमेरिकी नागरिक रिया मर्फी पनि हुन् । अमेरिकामा केही टेलिशृङ्खलामा समेत अभिनय गरिसकेकी मर्फीले “काठमाडौँ“ चलचित्रमा नायक आकाश अधिकारीको जोडी भएर अभिनय गरेकी छन् ।

निर्देशक रविराज अर्यालको चलचित्र “स्वीकार“मा पनि कार्ला बत्रकी नाम गरेकी एउटी अमेरिकी नागरिकले प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । नयाँ चलचित्रका यी उदाहरणबाहेक नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने “माइतीघर“ त्यस्तो चलचित्र हो, जसमा भारतीय चलचित्र जगतमा त्यतिबेलाकी ख्याति प्राप्त मानिएकी नायिका माला सिन्हाले प्रमुख नायिकाको भूमिका निर्वाह गरेकी थिइन् । यसैबिच कुन–कुन बिदेशिहरुले नेपाली चलचित्रमा काम गरे, त्यसको सम्पुर्ण जानकारी थाहा पाउन तलको भिडियोमा किल्न गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्