प्रेम विवशको मायाको वासना हरर तिज गीत भिडियो सहित



असार २१ काठमाडौं । गायक प्रेम विवश घर्तीको तिज गीत मायाको वासना बजारमा आएको छ । गायक घर्तीका देशझक्ती र लोकदोहोरी गीतहरु सँगै थुप्रै तिजका गीतहरु ले पनी चर्चा बटुल्दै आएका छन् ।

 

 

करिव तिन दर्जन बढी गीत गाएका घर्तीले विगत २०७१ साल देखी निरन्तर हरेक वर्ष तिजका गीतहरु दर्शक श्रोतामाझ पस्कदै आएका छन् । हरितालिका तिज आउन करिव दुई महिना बाँकी रहदा धेरै तिज गीतहरु युटुव मार्फत सार्वजनिक भैरहदा गायक घर्तीले पनी २०७५को निकै मन छुने र सबैलाई नचाउने तिज गीत युटुव मार्फत सार्वजनिक गरेका छन् ।

सत्यवती मिडिया फिल्मस् प्रा.लि.को प्रस्तुतीमा म्यूजिक नेपालको युटुव च्यानल बाट घर्तीको तिज गीत मायाको वासना बुधवार सार्वजनिक भएको हो । अहिलेका चर्चीत एरेन्जर केशव बडुको मिठो एरेन्जमा प्रेम विवश घर्ती र टीका पुन को सुमधृुर स्वर , शुवास घर्तीको थेगोमा समाज सेवी सपना भण्डारी बस्नेतको निकै मिठो शब्द रहेको गीतमा उदिराम खड्काको निर्देशन रहेको छ भने मोडल सन्दिप न्यौपाने र रुवीना अधिकारीको झक्कास नाच रहेको छ । गीत सबैको मनको बन्ने र बन्दै गएको गायक घर्तीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्