दोस्रो ओ.एस. म्युजिक अवार्ड वितरणमा के–के भयोे ?



सैघाली खबर, २५ असार ।
ओएस नेपालको आयोजनामा दोस्रो म्युजिक अवार्ड २०७५ सम्पन्न भएको छ । ओ.एस नेपालका विवेक कार्कीको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य, गायिका तथा पूर्व समाचार वाचक कोमल ओलीको प्रमुख आतिथ्यतामा म्युजिक अवार्ड वितरण कार्यक्रम भएको थियो ।

७४ विधाका उत्कृष्ट पाँचमा ३७० वटा नोमिनेशन प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रममा बिभिन्न क्षेत्रका बिशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

सोहि कार्यक्रममा बिभिन्न मिडियाका मिडियाकर्मि तथा पत्रकारहरुलाई पनि सम्मान गरिइको थियो । ओ. एस नेपालले २०७४ सालबाट आयोजना गर्दै आएको यो म्युजिक अवार्ड बितरणलाई निरन्तरता दिने पनि प्रतिवदता जनाएको छ ।

यसैबिच सोहि कार्यक्रममा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन“अमर“ द्वारा लिखित उपन्यास “अदभूत“ सार्वजनिक भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्