घुस खाने इन्जिनियर पक्राउ परे



सैघाली खबर, २५ असार ।

जिल्ला प्राविधिक कार्यालय जाजरकोटका इन्जिनियर अन्जनकुमार देव ८० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट ८० हजार घुस लिँदैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

अख्तियार कार्यालय सुर्खेतबाट खटिएको टोलीले इन्जिनियर देवलाई साना सिँचाइ आयोजनाको कार्यसम्पन्न प्रतिवेदन गराइदिने भन्दै उपभोक्ताबाट लिएको घुससहित पक्राउ गरेको जनाइएको छ ।

उनी सोमबार बिहान कार्यालयबाटै पक्राउ परेका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्