नाबालिका बच्चा सहित सन्तोष र बीरतालार्इ किन वेपत्ता बनाईयो ?



सैघाली खबर, २७ असार ।

नेपाल कम्युनिष्ट पार्टीका इटहरी नगर इन्चार्ज सन्तोष बिष्ट र सेक्रेटरी बीरतालार्इ प्रहरीले नाबालिका बच्चा सहित मंगलबार पुन: गिरफ्तार गरी वेपत्ता बनाएको नेकपा सुनसरीले जनाएको छ ।

बिरतालाई यस अघि दुई पटक गिरफ्तार गरेको थियो र उनले तारीख लिइरहेको अवस्थामा प्रहरीले पुनः गिरफ्तार गर्नुले सरकारको यो फासिबादी चरित्र उदाङ्गो हुँदै गएको भन्दै नेकपा सुनसरीका इन्चार्ज प्रज्वलले गिरफ्तारीको घोर भ्रत्सना गर्दै यथाशिघ्र रिहाइको माग गरेका छन् ।

सरकारको फासिवादी रवैया कायम रहे कठोर प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् । त्स्तै नेकपा सुनसरीका सेक्रेटरी पवनले विज्ञप्ती निकालेर शान्तिपूर्ण कार्यक्रम गर्न,जनतासङ्ग भेटघाट गर्न अघोषित रूपमा प्रतिबन्ध लागएर देशैभर नेता कार्यकर्ता गिरफ्तार गर्ने,हिरासत तथा जेलमा राख्नुकोसाथै घर परिवारमा समेत मानसिक यातना दिने कार्य निन्दनीय र आपत्तिजनक भएको बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्